अर्थ

रसुवागढी नाका जोड्ने सडक एक सातापछि सञ्चालनमा

रसुवागढी नाका जोड्ने सडक एक सातापछि सञ्चालनमा आएको छ । धुन्चे–स्याफ्रुबेसी सडक खण्डको भार्खु डाँडामा गएको पहिरोले सडक कटान गरेपछि गएको सोमबारदेखि सडक अवरुद्ध थियो ।  

सडक डिभिजन कार्यालय नुवाकोटले एक साता लगाएर नयाँ ट्रयाक खोलेपछि आइतबारबाट सडक सञ्चालनमा आएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । ‘सडक सञ्चालनमा आएपछि एक सातादेखि रोकिएका मालवाहक कन्टेनर सञ्चालन हुन थालेका छन्’, उनले भने, ‘अन्य क्षेत्रमा सडक अवरुद्ध भएको छैन ।’  

बर्खा सुरु भएसँगै सडक खण्डको नयाँ नयाँ क्षेत्रमा पहिरो जाने क्रम जारी छ । पहिरोका कारण बर्खाको समयमा यो सडक अवरुद्ध हुँदै आएको छ । त्यसैगरी रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रुबेसी सडक साउन १ गतेदेखि नै बन्द छ ।

प्रकाशित: २५ श्रावण २०७७ ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App