अर्थ

तीन करोड ४५ लाख ब्याज मिनाह

झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले तीन करोड ४५ लाख रुपैयाँ ब्याज मिनाह गरेको छ । संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ साउनसम्मको चार महिनाको अवधिको ऋणको ब्याजमा १० प्रतिशत अर्थात तीन करोड ४५ लाख मिनाह गरेको संस्थाका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिए । 'यो अवधिमा ऋण कुनैमा पनि हर्जना, जरिवाना लिएका छैनौँ”, उनले भने, “ऋणको किस्तासमेत स्वेच्छिक तिर्न सक्ने व्यवस्था गरिएको छ ।'

संस्थाले बन्दाबन्दीको अवधिमा सदस्य तथा समुदायलाई थोरै भए पनि मद्दत पुगोस् भनेर स्वास्थ्य चेतना, खाद्यान्न सामग्री राहत, विपत सापटी र आत्मनिर्भरताका लागि कृषि प्याकेज उपलब्ध गराएको जनाइएको छ ।

प्रकाशित: ३ श्रावण २०७७ १०:१७ शनिबार

ब्याज मिनाह