अर्थ

जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने

नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने जनाएको छ। गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताए।  

कोरोना महामारी सुरु भएपछि बैंकहरुले यस्तो व्यवस्था गरेका थिए। साउन १ गतेबाट यो सुविधा हटाइए पनि मौद्रिक नीतिले पुन : यस्तो व्यवस्था गरेको हो।

यस्तै बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब र भत्तामा पुनरावलोकन हुने मौरिक नीतिमा बताइएको छ। सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ। कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ। कृषि विकास बैंकलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैंकका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ।      

     

 

 

प्रकाशित: २ श्रावण २०७७ १०:३८ शुक्रबार

मौद्रिक नीति