अर्थ

मञ्जुश्री र यूनाइटेड फाइनान्सको बोनस सेयर सूचिकृत

मञ्जुश्री फाइनान्स र यूनाइटेड फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । गत आर्थिक वर्ष ०७५/०७६ को नाफाबाट वितरण गरेको बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।  

नेप्सेका अनुसार युनाइटेड फाइनान्सको ३ लाख ३ हजार १ सय ५५ दशमलव ७२ कित्ता र मञ्जुश्री फाइनान्सको १ लाख ४० हजार ७ सय १० दशमलव ५४ कित्ता र बोनस सेयर सूचिकृत भएको हो । यूनाइटेड फाइनान्सले गत आवको नाफाबाट ३ प्रतिशत बोनस वितरण गरेको थियो भने मञ्जुश्री फाइनान्सले १ दशमलव ७५ प्रतिशत बोनस वितरण गरेको थियो ।

प्रकाशित: २८ असार २०७७ ०८:४० आइतबार

मञ्जुश्री यूनाइटेड फाइनान्स बोनस सेयर सूचिकृत