नेपाल आयल निगमले १० दिन नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य वृद्धि भएर आयत भएसंगै निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो । यसअघि असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिन अघि पेट्रोलको मूल्य लिटरमा ५ र डिजेलमा २ रुपैयाँले बढेको थियाे ।
अब पेट्रोलको मूलय लिटरको १०२ रुपैयाँ पुगेको निगम प्रवक्ता विनितमणि उपाध्यायले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका छन् । डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ भएको छ । हवाई इनधन र खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।
प्रकाशित: २६ असार २०७७ १५:५९ शुक्रबार