अर्थ

केन्ट काउन्टर टप भेजिटेबल कीटाणुनाशक उपकरणमा २० प्रतिशत छुट

सिजी इलेक्ट्रोनिक्सले केन्ट काउन्टर टप भेजिटेबल कीटाणुनाशक उपकरणमा २० प्रतिशत छुट दिने भएको छ । ईओएल केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजीका अनुसार यस उपकरणले तरकारी, फलफूल र मासुबाट कीटनाशक, ब्याक्टेरिया र भाइरसहरू हटाउँदछ ।

कम्पनीका अनुसार यसमा रासायनिक रहित ओजोन टेक्नोलोजी जडान गरिएको छ जसले हानिकारक कीटनाशक, रसायनहरू हटाएर तरकारी फलफूलहरू कीटाणु रहित बनाउछ ।  

ओजोन कीटाणुशोधन टेक्नोलोजी
तरकारी र फलफूलमा कीटाणुनाशकले एक क्रान्तिकारी ओजोन कीटाणुशोधन टेक्नोलोजी प्रयोग गर्दछ जसले ब्याक्टेरियाहरू, भाइरस, ढुसीलाई मार्नै काम गर्छ ।  

मासु र समुद्री खाना सफा सुरक्षित राख्छ
यो प्रभावकारी अवशिष्ट रसायनहरूको प्रभावकारी ढंगले अक्सिडाइज गर्दछ र मासु र समुद्री खानाको सतहबाट एन्टिबायोटिकहरू हटाइ खान योग्य बनाउँछ । 

खाद्य वस्तु ताजा राख्छ
यसले खानेकुरा चीजहरूको सतहबाट हर्मोनहरू सफा गर्नैै भएकाले लामो समयको लागि ताजा राख्छ भने शेल्फ लाइफ बनाउछ ।

कम्प्याक्ट डिजाइन
यस उपकरणको मज्जाको र कम्प्याक्ट डिजाइन भएकाले ठाउँको बचत गर्दछ ।  

उपभोग्य वस्तुहरू आवश्यक छैन
यो उपकरणले ओजोन उत्पादन गर्न कुनै उपभोग्य वस्तुहरू प्रयोग गर्दैन । यो वातावरणमा भएको अक्सिजन प्रयोग गरी उत्पादन गरिन्छ । यस उपकरणमा एक वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।  

कम्पनीका अनुसार मुलुकभरी वाटर प्युरिफर, एयर प्युरीफायर, स्मार्ट घरेलु उपकरण, भ्याकुमक्लीनर पनि उपलब्ध छन् । 

प्रकाशित: २६ असार २०७७ १०:१९ शुक्रबार

केन्ट काउन्टर टप भेजिटेबल कीटाणुनाशक उपकरण