अर्थ

एनएमबीको ग्रिन फिक्स्ड डिपोजिट योजना

एनएमबि बैंकले प्रत्येक खातासँग तपाइएको आफ्नै विरुवा, एनएमबी ग्रिन फिक्स्ड डिपोजिटको साथमा योजना सञ्चालन गरेको छ।  

मूल्य, मान्यतामा आधारित बैंकिङमा अग्रसर हुँदै एनएमबी बैंकले एनएमबी ग्रिन फिक्सड डिपोजिट शुरु गरेको हो। कम्पनीका अनुसार यस योजना अन्र्तगत ग्राहकहरुले आफ्नो प्रत्येक नयाँ एनएमबी ग्रिन फिक्सड डिपोजिट योजनामा सहभागि भई आफ्नो नाममा विरुवा रोप्न सक्नेछन्।  

वातावरणीय संरक्षणलाई सघाउ पुर्यागउने कार्यलाई प्रवर्धन गर्न बैंकको नयाँ फिक्सड डिपोजिट आकर्षक सुविधाको योजना सञ्चालन गरेको बैंकले जनाएको छ।  

बैंकका अनुसार उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको सत प्रतिशत कर्जा प्रदान गरिनेछ। एनएमबिग्रिन फिक्सड डिपोजिट ब्यवसाय र हाम्रो वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने उदेश्यले सूरु गरिएको यस योजना अन्र्तगत ग्राहकवर्गलाई उक्त प्रतिफल प्रदान गर्ने मात्र नभई मानवीय जिम्मेवारीको बोध गराउन ‘एनएमबी ग्रिन फिक्सड डिपोजिट’ योजना सुरु गरेको बैंकले जनाएको छ।  

 

प्रकाशित: २३ असार २०७७ ०९:५१ मंगलबार