अर्थ

हिमालयन बैंकको सिईओमा अशोक राणा पुनः नियुक्त

हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा अशोक शमशेर राणा पुन: नियुक्त भएका छन्।  आज बसेको बैंक संचालक समिति बैठकले राणालाई नै सिईओको रुपमा पूनः नियुक्त गर्नै निर्णय गरेको हो।  

विगत १२ वर्षदेखी बैंकको सिईओमा कार्यरत राणालाई थप ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको बैंक सञ्चालक समितिले जनाएको छ।  

समितिका अनुसार राणाको नयाँ कार्यकाल आजैदेखि लागू हुने गरी नियुक्त गरिएको छ। बैंकका संस्थापक हिमालयन शमशेर जबराका छोरा अशोक शमशेर राणा वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष पनि हुन्।  

नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार बैंक वित्तीय संस्थामा एक व्यक्तिले २ कार्यकाल भन्दा बढी सिईओ हुने नपाउने भएपनि बैंक सञ्चालक समितिले राणलाई चौथो कार्यकालका लागी पूनः नियुक्त गरेको हो।  

 

प्रकाशित: २३ असार २०७७ ०९:४८ मंगलबार