अर्थ

चन्द्रागिरी हिल्सले सर्वसाधारणलाई सेयर बेच्ने

नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय एवं सर्वसाधारणका लागि सेयर निस्कासन सम्बन्धी सम्झौता भएको छ।  

चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार नौ सय १० कित्ता सेयरको १८ करोड ४० लाख ९१ हजार रुपैया बराबरको सेयर प्रत्याभूत गर्ने सम्झौता भएको कोषले जनाएको छ। उक्त सम्झौता कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेकविक्रम शाहले हस्ताक्षर गरेका हुन्।

प्रकाशित: २२ असार २०७७ ०४:०८ सोमबार

सेयर निस्कासन चन्द्रागिरी हिल्स