अर्थ

चार कम्पनीका सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीका सेयर सूचिकृत भएका छन्। बिहीबार सानिमा माई हाइड्रोपावर, सिन्धु विकास बैंक, आरएसडीसी लघुवित्त वित्तीय संस्था र सिर्जना फाइनान्सका ४३ लाख ८१ हजार २ सय ७० कित्ता बोनस सेयर सूचिकृत भएका हुन्। 

नेप्सेका अनुसार बिहीबार सानिमा माई हाइड्रोको २३ लाख २१ हजार कित्ता, सिन्धु विकास बैंकको ५ लाख ७४ हजार २ सय ८७ कित्ता आरएसडीसी लघुवित्तको ३ लाख ८० हजार एक सय ७ र सिर्जना फाइनान्सको ११ लाख ५ हजार ८ सय ७६ कित्ता बोनस सूचिकृत भएका हुन्। 

प्रकाशित: १८ असार २०७७ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App