अर्थ

सुनचाँदी बजार सुनसान

सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएपछि सुचनाँदी बजार सुनसान बनेको छ । सरकारले बजेटमार्फत सुनमा कर बढाएको र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अकासिँदा नेपालमा पनि सुनचाँदीको भाउ बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि फाइन गुणस्तरको सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ८ सय ६० रुपैयाँ तोकेको छ ।  

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँ तोकिएको छ । सोमबार तोकिएको सुनको मूल्य हालसम्मकै उच्च हो । सुनको भाउ बढेपछि बजारमा सुनका गरगहना बिक्री हुन छाडेको व्यवसायीले बताएका छन् । व्यवसायीले विवाहको सिजनमा पनि अत्यावश्यक गरगहनाबाहेकका कुनै पनि गरगहना बिक्री नभएको बताएका छन् । सुनको मूल्य बढेरभन्दा पनि बन्दाबन्दीका कारण ग्राहक आउन नपाउँदा बजार प्रभावित भएको व्यवसायीको भनाइ छ ।

सुनको मूल्यमा उच्च वृद्धि हुँदा बजारमा गहना खरिद गर्नेभन्दा बिक्री गर्न आउने बढी रहेको व्यवसायीले बताएका छन् । 

प्रकाशित: १५ असार २०७७ १०:४४ सोमबार

सुनचाँदी