अर्थ

काठमाडौं महानगरपालीका सबै कर्मचारीको जीवन बीमा

काठमाडौं महानगरपालिकाले कार्यरत सबै कर्मचारीहरुको सामूहिक सावधिक जीवन बीमा गरेको छ।  

महानगरपालिकामा कार्यरत सबै कर्मचारीको बीमा गर्नै सम्झौता पत्रमा महानगरपालिकाको तर्फबाट प्रशासन विभागका विभागीय प्रमुख नमराज ढकाल र संस्थानका तर्फबाट नायव महाप्रवन्धक महेश रिमालले हस्ताक्षर गरेका थिए।  

कार्यक्रममा महानगरपालिकाका प्रशासन विभागका प्रमुख नमराज ढकालले कर्मचारीहरुको हितका लागी बीमा सरकारी लगानीमा सञ्चालीत बीमा संस्थानसँग जीवन बीमा गराएको बताएका छन्।  

त्यसैगरी, संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमालले बीमा संस्थानले जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान बनाएको आगामी दिनमा अन्य कम्पनी भन्दा उत्कृष्ट सेवा दिने योजनामा रहेको बताए।  

संस्थाले व्यवस्थापकीय क्षेत्रमा मात्र नभई वित्तीय रुपमा सक्षम, आधुनिक प्रविधिमा आधारित रहेको भन्दै उनले बीमितहरुलाई आकर्षक बोनस प्रदान दिईने बताए।  

 

प्रकाशित: १२ असार २०७७ ०९:२४ शुक्रबार

जीवन बीमा