साधना लघुवित्तको आइपिओ (साधारण सेयर) असार २१ गतेबाट बिक्री खुला हुनेको भएको छ । साधनाले ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आइपिओ खुला गर्न लागेको हो ।
१०० रुपैयाँ दरको ७ लाख ७ हजार ८०० कित्ता आइपिओमध्ये १० हजार ८९० कित्ता कर्मचारी र ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणका लागि खुला गरिनेछ ।
साधनाको आइपिओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलले रहेको छ । साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । आइपिओ निष्कासनपछि यसको चुक्ता पुँजी २१ करोड ६७ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
लगानीकर्ताले न्यूतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । आइपिओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रकाशित: १२ असार २०७७ ०९:०० शुक्रबार