अर्थ

प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ५६ करोडको बजेट

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ९९ हजारको बजेट ल्याएको छ । अर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेशसभा बैठकमा चालुतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार (४५.९५ प्रतिशत) र पूँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार (५३.६७ प्रतिशत) विनियोजन गरेका हुन् ।  

यस्तै बित्तीय व्यवस्थातर्फ १६ करोड (०.४८ प्रतिशत) बजेट विनियोजन गरिएको छ । अगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोतमध्ये आन्तरिक श्रोत राजश्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार रुपैयाँ र संघीय सरकारबाट प्राप्त हुने विभिन्न अनुदानबाट १३ अर्ब ४० करोड ५९ लाख तथा चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ६ अर्ब ९१ करोड २२ लाख २९ हजार रुपैयाँ रहेको छ । न्युन्तम हुने १ अर्ब रुपैयाँ अगामी अािथर्जक वर्षमा आन्तरिक ऋण परिचालन गरिने बताइएको छ । आगमी आर्थिक वर्षका लागि ल्याइएको बजेट स्वास्थ्य क्षेत्रमा रुपान्तरण केन्द्रित रहेको मन्त्री यादवले बताए ।  

आगामी आर्थिक वर्षका लागि कोरोना महामारीको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचारकका लागि आवश्यक स्वास्थ्य सामाग्री खरीद तथा आपूर्ति, स्वास्थ्यकर्मीको आवश्यक व्यक्तिगत सुरक्षाका उपकरण र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण समेतका लागि ७० करोड २७ लाख रुपैयाँ बजेटको योजन गरिएको छ । प्रादेशिक अस्पताल जनकपुरलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडी बढाउन ४५ करोड ५३ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ । प्रादेशिक क्यान्सर अस्पताल निर्माणका लागि २ करोड रुपैयाँ, ट्रमा सेन्त्टरका लागि २ करोड र सरुवा रोग तथा महामारी रोग नियन्त्रणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  

यसैगरी सप्तरीको भारदह अस्पताललाई स्तरोन्नति गरी सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्न ६ करोड ७९ लाख रुपैयाँ र पर्साको पोखरिया अस्पताललाई ४ करोड ४ लाख रुपैयाँ बजेट योजन गरिएको छ ।  

वैदेशिक रोजगारमा गएका यस प्रदेशका युवाहरु महामारीका कारण स्वदेश फर्केर आउने लगभग दुईदेखि पाँच लाख युवालाई मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कृषि र उद्योग क्षेत्रमा रोजगारी श्रृजना गरिने उनले जनाए । समग्र प्रदेशलाई शिक्षित प्रदेशको रुपमा विकास गर्न प्रदेशका विद्यालयहरुको भौर्तक पूर्वाधार निर्माण र जनशक्तिको क्षमता अभिवृद्धि गरी गुणस्तरीय शिक्षामा जोड दिइने आर्थिक मामिला तथा योजनामन्त्री यादवले उल्लेख गरे ।  

यसैगरी कोरोना महामारीका कारण दैनिक ज्याला मजदूरी गर्न नपाएका विपन्न एवं गरिव मजदूर तथा वाढी, हावाहुरी, आगलागी जस्ता विभिन्न प्राकृतिक र मानवीय प्रकोपबाट प्रभावि जनताका लागि राहत स्वरुप नगद, खाद्यान्न, लत्ताकपडा, भाुँडाकुडा लगायत अन्त्य दैनिक गुजाराको सामग्रीको व्यवस्था गर्न भौतिक तथा सामाजिक पूर्वाधारको निर्माण, कृषि सडक, नदी नियन्त्रणका लागि तटबन्ध निर्माण जस्ता काममा आधारित राहत कार्यक्रम संचालन गरिने बताइको छ ।  

यसैगरी अति विपन्न गरिब दलित वेरोजगार युवाहरुकालागि रोजगारीका अवसर सिर्जना गर्न प्रदेश प्रमुख रोजगार कार्यक्रम अन्तर्गत विभिन्न व्यवसायिक सीपयुक्त तालिम संचालन गर्न ८ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।  

यसैगरी संघीय सरकारबाट प्रदेशका अति गरिव र विपन्न परिवारका लागि संचालित जनता आवास कार्यक्रमलाई प्रदेश सरकारले उल्लेख्य लगानीको व्यवस्था गरी स्वतः निरन्त्तरता दिई ८० करोड ७४ लाख रुपैयाँ बजेट विनियोजित गरिएको हो । यस्तै प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक नाला सहितको २ लेन कालोपत्रे ५ किलोमीटर सडक निर्माण गरिने बताइएको छ । प्रदेशमा निर्माण हुने कम्तीमा ६४ वटा सडकका लागि ६७ करोड २० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।  

ठूला र मझौला सिँचाई आयोजना संचालनका लागि ७६ करोड ७७ लाख, भूमीगत सिँचाई आयोजनाका लागि ५६ करोड ५५ लाख, सतह सिँचाई आयोजनाहरुको मर्मत सम्भारका लागि १ करोड ६० लाख र पुरानो खानेपानी आयोजनाहरुको मर्मत सम्भारको लागि ९ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री यादवले सुनाए ।  

यसैगरी सडक पूल निर्माणका लागि २६ करोड ७५ लाख रुपैयाँ र वातावरणीय सरसफाईका लागि १ करोड ९५ लाख रुपैयाँ विनियोजित गरिएको छ ।

प्रकाशित: १ असार २०७७ १५:०० सोमबार

बजेट प्रदेश २ सरकार