अर्थ

संसदबाट बजेट पारित, खर्च कटौतीको प्रस्ताव अस्वीकृत

आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट पारित भएको छ। गत जेठ १५ गते अर्थमन्त्री युवराज खतिवडाले संघिय संसदको संयुक्त वैठकमा आगामी आवको बजेट सार्वजनिक गरेको थिए। बुधबार सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभामा आगामी प्रस्तुत गरेको आगामी आवको बजेट बहुमतले पारित भएको हो।  

मन्त्री खतिवडाले आगामी आवका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए। चालु खर्चतर्फ नौ खर्ब ४८ अर्ब, पुँजीगत खर्चतर्फ तीन खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ७२ अर्ब रुपैयाँ छुट्याएको जनाइएको छ।  

त्यसैगरी, बजेट बहुमतले पारित हुनुअघि बजेट सम्वन्धि उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री केपीशर्मा ओलीले आगामी आवको बजेटले सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको बताएका छन्।  

तर, आगामी आवको बजेटमा खर्च कटौतीका लागि प्रस्ताव भएकोमा बहुमतले अस्वीकृत भएको छ। खर्च कटौती गरी कोभिड–१९ को असर कम गर्न प्रस्वात गरिएपनि उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।  

सांसदहरु पुष्पा भुसाल, दुर्गा पौडेल, लक्ष्मी परियार, सञ्जयकुमार गौतम, उमा रेग्मी, गगनकुमार थापा, ज्ञानेन्द्रबहादुर कार्कि, रामबाबुकुमार यादव, प्रेम सुवाल, उमाकान्त चौधरी, भिमसेन दास प्रधान, प्रकाशमान सिंह, देवेन्द्रराज कडेल, पार्वता डि.सी चौधरी, मिनेन्द्रप्रसाद रिजाल, अतहर कमाल मुसलमान, दिलेन्द्रप्रसाद बडु, मिनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, नारायण खड्कालगायतले विभिन्न मन्त्रालयका २६ वटा खर्च कटौती गर्न प्रस्वात गरेकोमा बहुमतले अस्वीकृत भएको हो।  

 

प्रकाशित: २८ जेष्ठ २०७७ १३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App