अर्थ

खुलेका पसलमा आज पनि प्रहरीको अवरोध

प्रहरीले आज पनि काठमाडौंमा खुलेका पसलहरुमा अवरोध गरेको छ। मंगलबार व्यापारीहरुले खोलेका पसल बन्द गराउने क्रममा प्रहरी र व्यापारीको घम्साघम्सी समेत भएको थियो। बुधबार पनि प्रहरीले न्यूरोड, महावौद्ध लगायतका क्षेत्रमा खुलेका पसल बन्द गराएको छ।  

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि चैत ११ देखि लकडाउन गरेको छ। बढ्दै गएको लकडाउनको पछिल्लो म्याद जेठ मसान्तसम्म छ।

उधोगी व्यवसायीहरुले सरकारसँग लकडाउन खुकुलो बनाउन माग गर्दै आएका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले लकडाउन खुकुलो नबनाए ब्यापारीहरु सडक संघर्षमा आउने चेतावनी दिएका छन्।

उद्योगी व्यापारीलाई राहतका कार्यक्रम नल्याएको र लकडाउनको मोडालिटी पनि परीवर्तन नगरेको भन्दै व्यवसायीहरु आक्रोसित बनिरहेका छन्। लकडाउनका कारण अप्ठ्यारो परेको भन्दै व्यवसायीहरुले एक हप्ता अघिदेखि पसल खोल्न थालेका थिए। मंगलबार प्रहरीले खुलेका पसल बन्द गराउँदै हिँडेको थियो।

 

प्रकाशित: २८ जेष्ठ २०७७ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App