अर्थ

फेरी सुरु भयो कोरोना बीमा, अब सरकारले पनि दावी भुक्तानी गर्ने

कोरोना बीमा स्थगित भएको २४ घण्टा नवित्दै पूनः सुरु भएको छ। बीमा समितीले आज एक सूचना प्रकाशित गरी कोरोना बीमा सूचारु गर्न सबै निर्जीवन बीमा कम्पनीलाई निर्देशन दिएको हो।  

बीमा कम्पनीको पुँजी बराबर दायित्व पुगेको भन्दै बीमा समितीले बिहीबार केही दिनको लागि कोरोना बीमा स्थगित गर्नै निर्णय गरेको थियो तर, बिहीबार सरकारले दावि भुक्तानीमा सहयोग गर्ने जनाएपछि पूनः सूचारु भएको बीमा समितीले जनाएको छ।  

श्रोतका अनुसार समितीले बिहीबार कोरोना बीमा स्थगित घोषणा गर्नूअघि अर्थमन्त्रालयसँग सहयोग मागेको थियो तर, सहयोग नपाएपछि बीमा समिती उक्त निर्णयमा पुगेको हो।  

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार कोरोना बीमा दावि भुक्तानीका लागि बाटो खुलेपछि आजदेखी पूनः बीमालेख जारी गर्न निर्देशन दिएको हौं।  

कार्यकारी निर्देशक पौडेलका अुनसार नयाँ सहमती अनुसार पहिलो १० हजार जना बिमीतको दाबी भुक्तानी २० निर्जीवन बीम कम्पनीले गर्नैछन्।  

त्यसैगरी, अर्को १० हजार बिमीतको दावि भुक्तानी मुलुकको एक मात्र निर्जीवन बीमा कम्पनीले गर्नूपर्नैछ भने थप ५ हजारसम्म बिमीतलाई दावि भुक्तानी गर्नूपरे निर्जीवन बीमा कम्पनीको कोषमा रहेको रकमवाट भुक्तानी गर्नूपर्ने छ।  

समितीका अनुसार बीमा कम्पनी र नेपाल पुनर्विमा कम्पनीले २५ हजार बिमीतको दावि भुक्तानी गरिसेपछि कोरोना संक्रमितको संख्या थपिदै गए समितीको कोषमा रहेको रकमवाट दावि भुक्तानी गरिनेछ। समितीको कोषमा रहेको रकमले बढीमा १० हजार जनालाई दावि भुक्तानी गर्नै सहमति भएको उनले बताए।  

समितीका अनुसार बीमा समिती, नेपाल पूनर्विमा कम्पनी र बीमा समितीको कोषको रकमले करिब ३५ हजार जना बिमीतको दावि भुक्तानी गरिसक्दा पनि दावि संख्या नरोकिए उक्त दावि सरकारले गर्नै सहमति भएको छ।  

 

 

प्रकाशित: २३ जेष्ठ २०७७ १२:१३ शुक्रबार

कोरोनाभाइरस कोरोना बीमा