अर्थ

बन्दा किलोको दुई रुपैयाँं !

लकडाउन प्रभाव

तपाई काठमाडौमा बस्नुहुन्छ र तरकारीको मूल्य महँंगो जस्तो लाग्छ भने भक्तपुरका किसानको दुःख त्यसको ठिक उल्टो छ। लकडाउनका कारण उनीहरु खेतको बन्दा (बन्दाकोपी) प्रतिकेजी एक/दुई रुपैयाँंमै बेच्न बाध्य छन्। जसबाट उठेको रकम खेतबाट थोकविक्रेतालाई बेच्न मुख्य बाटोसम्म पुरयाउनेलाई ज्याला दिन नै पुग्दैन। किसानको खेतबाट बन्दा बोक्न थोक विक्रेताले किसानको खेतखेत नजिककै मुख्य बाटोहरुमा गाडी पठाई तरकारी उठाउने गरिन्छ।  

एकजना किसान शुशिल खायमलीको हिसावमा एक रोपनी खेतमा वन्दा रोप्न ६ हजार पाँंच सय बोटका लागि प्रति बोट एक रुपैयाँंको हिसावले ६ हजार पाँंच सय रुपैयाँं खर्च हुन्छ। खेतमा राख्न दुई बोरा रासायनिक मलका लागि प्रतिबोरा एक हजार पाँच सयका दरले तीन हजार लाग्छ। यस्तै खेत जोत्नका लागि त्याक्टरको भाडा दुई हजार लाग्छ। 

यसमा कुल मिलाएर ३० दिनको श्रमशुल्क प्रतिदिन ६ सय राख्दा कुल १८ हजार श्रमशुल्क हुन आउँंछ। यसरी एक रोपनी खेतमा बन्दा लगाउँंदा सालाखाला कुल २९ हजार पाँंच सय खर्च हुन आउँंछ। त्यही खेतमा फलेको सालाखाला दुई सय बोराको प्रतिबोराको ३० रुपँंयामा थोक विक्रेतालाई विक्री गर्दा कुल ६ हजार उठने गरेको छ। यसहिसावले कृषिप्रधान देश नेपालमा एक रोपनीमा बन्दा लगाउँंदा कुल २९ हजार पाँंच सय खर्च हुन गएकोमा ६ हजार मात्रै उठेर किसानलाई २४ हजार पाँंच सय रुपैयाँं घाटा हुन जान्छ।  

अर्का किसान वीरबहादुर दुवालले आफूले अहिले ठूल्ठूलो (एउटाको घटीमा दुई किलोग्राम) भएको वन्दा प्रतिकिलो दुई रुपैयाँंमा थोक विक्रेतालाई वेचेको बताए। एउटा ठूलो प्याष्टिकको झोला (जसमा सालाखाला २० किलो बन्दा अट्छ) मा प्रति प्यालिकको झोला ४० रुपैयाँंमा बेचेको उनले जनाए। २० किलो प्रतिप्याकेटको ४० रुपँैयामा भरेर बेचेको उनले सुनाए।  

पानी पर्न सुरु गरेसँंगै प्रतिकिलो दुई रुपैयाँंमा पनि बेच्न नपाउने अवस्था आएको किसानको दुःखेसो छ। ‘अहिले पानी परेसँंगै धमाधम खेतमै बन्दा कुहिन सुरु भएको छ, किसान रामकाजी शाखकर्मीले भने, ‘त्यसो भएपछि किन्नै आउँंदैन र खेतमै कुहिन्छ।’  

यसो गरे युवा किसानले  

भक्तपुर नगरका युवा सुविन सिखितूको परिवारको पुर्खाैली पेशा खेती किसानी नै हो। यसकारण उनको परिवारले पनि जिल्लाकै सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा नगदे वालीको रुपमा आठ आना भाडामा (कुत) मा लिएको जग्गाको क्षेत्रफलमा बन्दाकोपीको खेती गरेका छन्।

 धेरैजसो किसानलाई जस्तै लकडाउनका कारण उनको बन्दा पनि विकेनन्। थोकमा खरिद गर्नेहरुले प्रतिकिलो दुई तीन रुपैयाँंमा किन्न पनि आनाकानी गरे। आज आउँंछु भोलि आउँंछु भन्दा भन्दै बन्दा कुहिन सुरु भयो। त्यसपछि उनको परिवारले एउटा जुक्ति निकाले, त्यहो लकडाउनपीडित असाहाय पीडितलाई निशुल्क वितरण गर्ने। अनि उनले खेतबाट बन्दाहरु गडीमा राखी भक्तपुरको दतात्रय चोक र सूर्यमढी चोकमा ओसारे।

 अनि ठूल्ठूल्लो प्लाष्टिकको झोलामा प्रतिपोका १५ देखि २० किलोको प्याकेट बनाए र त्यसलाई निःशुल्क रुपमा लकडाउनपीडित सकेसम्म असहायक पीडितहरुलाई वितरण गरे। मैले व्यवसायिक रुपमा प्रयोग गर्ने होटललगायतबाट आएकालाई दिएनौ, उनले नागरिकसँंग थपे, बरु हेर्दा समस्यामा परेका जस्तो लाग्नेलाई मात्रै दियौं। 

उनले एक सय पोका बन्दाकोपी दुई ठाउँंमा गरेर निःशुल्क वितरण गरेको जनाए। अझै पनि भएका बन्दा त्यसरी नै वितरण गर्ने योजना रहेको उनले सुनाए। वन्दा वितरण गर्दा चोकमा सामाजिक दुरी कायम गरी गोलोगोलो बनाई राखेर त्यसभित्र एउटाएउटा पोको बन्दा राखेका थिए। 

प्रकाशित: १५ जेष्ठ २०७७ ०४:०९ बिहीबार

किसान कृषिप्रधान देश