अर्थ

एनआइसी एसियाको खुद मुनाफा अढाइ अर्ब

एनआइसी एसिया बैंकले गत चैतसम्ममा दुई अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत बढी भएको बैंकले जनाएको छ । गत वर्ष यस अवधिमा बैंकको खुद मुनाफा २ अर्ब २८ करोड रुपैयाँ थियो ।  

यस अवधिको सञ्चालन मुनाफा भने तीन अर्ब ६० करोड रुपैयाँ रहेको बैंकले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सञ्चालन मुनाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो ।  

गत साउनदेखि चैतसम्ममा बैंकले कर्जा २५ अर्बले वृद्धि गरी १७५ अर्ब र निक्षेप संकलन १५ अर्बले वृद्धि गरी १९६ अर्ब पु¥याएको जनाएको छ । कर्जा तथा निक्षेपको हिसाबले यो बैंक देशमै अग्रणीमध्येमा पर्छ ।

प्रकाशित: ३१ वैशाख २०७७ ०२:३० बुधबार

नाफा