अर्थ

नेप्सेमा सर्किट ब्रेक

काठमाडौं- लकडाउनका कारण ५० दिनपछि खुलेको सेयर बजार खुलेको डेढ घण्टामा वन्द भएको छ। सेयर कारोबार सूरु भएपछि निरन्तर घटेर नेप्से परिसूचक दुई दशमलव २ प्रतिशत तल झरेपछि बजार वन्द गरिएको हो। 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार मंगलदबारदेखी खुलेको सेयर बजारमा नेप्से परिसूचक २५ अंकले घटेर १२२६.१५ विन्दुमा झरेको छ। 

सो अवधीमा करिब १० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएपनि सबै कम्पनीको शेयर मुल्य घटेको हो। 

नेप्सेका अनुसार यसअघि सेयर कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटदा वा बढ्दा २० मिनेटका लागि कारोबार स्थगित गर्नै व्यवस्था थियो। 

त्यसैगरी, दोस्रो घण्टाको अवधीमा ५ प्रतिशतले घट्दा वा बढ्दा ४० मिनटका लागि र कारोबार सुरु भएपछि जुनसकै समयमा पनि ६ प्रतिशतले बजार घट्दा वा बढ्दा पुरै दिनको सेयर कारोबार स्थागित गर्नै प्रावधान रहेकोमा हाल नेप्सेले नयाँ व्यवस्था लागु गरेको जनाएको छ। 

प्रकाशित: ३० वैशाख २०७७ ११:४२ मंगलबार

सेयर कारोबार नेप्से