अर्थ

सरकारले आवश्यकताको आधारमा बजेटका प्राथमिकताहरू निर्धारण गरेको छ : अर्थमन्त्री खतिवडा

काठमाडौं – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बदलिदो विश्व परिस्थिति, नया आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकताहरु निर्धारण गरेको स्पष्ट पारेका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकताको शैलीमाथि सांसदहरुले उठाएको प्रश्नको सम्बोधन गर्दे उनले वर्तमान परिस्थितिको सबै  कोणबाट सम्बोधन हुने गरि सरकारले प्राथमिकता निर्धारण गरेको स्पष्ट पारेका हुन्।

सरकारले बजेटका प्राथमिकताहरु समय, बदलिदो विश्व परिस्थिति, नया आकांक्षा र नया आवश्यकताको आधारमा परिमार्जित गर्दै लैजाने स्पष्ट पारे। पुरानै कार्यक्रम दोहोरिएको र कम्युनिस्टको सिद्धान्त अनुसार प्राथमिकता निर्धारण हुन नसकेको सांसदहरुको आरोपको उनले  खण्डन गरे।  संविधानमा रहेका मौलिक हक र राज्यका निर्देशक सिद्धान्त पनि यथावत रहेको भन्दै उनले संविधानबाट निर्दिष्ट भएर पार्टीको सिद्धान्त अनुसार बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरिएको स्पष्ट पारे। 

मन्त्री खतिवडाले भने ‘यो नेपाल कम्युनिष्ट पार्टीको सरकार हो र तेश्रो बजेटको सिद्धान्त र प्राथमिकता मैले पेश गर्दैछु। हाम्रो पार्टीको सिद्धान्त परिर्वतन भएको छैन। हाम्रा प्राथमिकताहरु समयक्रममा नयाँ परिस्थितिको आधारबाट परिवर्तित भएका छन्।  तर बर्षैपिच्छे पार्टीले सिद्धान्त फेरेर बजेट ल्याउदैन।’उनले सरकारको प्राथमिकता फेरिएको र स्वास्थ्य कृषिमा लगानी बढाएर रोजगारी वृद्धि गर्ने मार्गमा बजेट विनियोजन हुने आश्वासन दिलाए। सरकारका दिर्घकालिन लक्ष्य हासिल गर्नका लागि तय गरिएका कार्यक्रमहरु एकबर्ष पछि अर्को बर्ष छोड्न नमिल्ने भन्दै सोही विषयलाई लिएर कार्यक्रम दोहोरियो भन्न नमिल्ने तर्क उनको तर्क गरे। 

उनले भने ‘कार्यक्रम निरन्तर भए भन्ने कुरा पनि अतिसयुक्ती हो। हामीले सुरु गरेका राम्रा कार्यक्रमहरु दुई बर्षमा जति गर्यौ। सम्पन्न नभएका कुराहरु तेश्रो बर्ष छोड्ने हो र? त्यो भन्दा हामी कहाँ पुग्छौ? सम्मृद्ध नेपाल सुखी नेपालीको हाम्रो राष्ट्रिय आकांक्षा त पुरा भएको छैन नि। अनि त्यही नारा पुरानो भो। शैली पुरानो भो भन्यो भने हामी फेरी कहाँ पुग्छौ?’सिमा सुरक्षामा खटिने सुरक्षाकर्मीका लागि आवश्यक सुविधा तथा भौतिक पुर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दे उनले  स्थानीय पुर्वाधार साझेदारी कार्यक्रमका बारेमा थप छलफल गर्ने बताए। 

प्रकाशित: २९ वैशाख २०७७ ११:०४ सोमबार

बजेट अर्थमन्त्री सरकार