अर्थ

मासुको मूल्यमा मनपरी

भक्तपुर- लकडाउनको समयमा भक्तपुर बजारमा मासुको मूल्यमा मनपरी देखिएको छ । भक्तपुर नगरपालिका बजार अनुगमन समितिको निर्णय अनुसार संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सरोकारवालाहरुको सहभागितामा जगाती क्षेत्रको मासु पसल अनुगमनका क्रममा यस्तो देखिएको जनाइएको छ ।

कोरोना भइरस (कोभिड-१९) महामारी विश्वमा फैलिरहेको बेला नेपालमा लकडाउन घोषणा गरेको अवस्थामा कुखुराको मासु किलोको दुई सय ५० देखि तीन सयसम्म र खसीको मासु किलोको एक हजार एक सय ५० देखि पाँंच हजार पाँंच सयसम्म लिई मासुको मूल्य मनपरी लिई कालो बजारी गरेको पाइएको संयोजक राजकृष्ण गोराले बताए ।

अनुगमन गर्दा के.जि.कोल्ड स्टोरमा दर्ता नविकरण नगरेकोले दर्ता नविकरण गर्ने, तराजु नापतौल विभागमा नविकरण गर्नुपर्ने, खसीको मासु मंहगो गरी बढी मूल्य नलिने, मासुको मनपरी मूल्य नलिने र मूल्य सूचि राख्ने, मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग गर्ने, फ्रिज चलाएको नमिलेकोले मासु विग्रने सम्भावना भएकोले फ्रिज बन्द नगर्ने र मासु जालिले छोपेर राख्ने सुझाब दियो ।

त्यस्तै ख्वप कोल्ड स्टोरमा दर्ता नविकरण गर्ने, मासुको मनपरी मूल्य नलिने र मूल्य सूचि राख्ने, पसल दुर्गन्धित भएकोले सरसफाईमा ध्यान दिने, मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग गर्ने, फ्रिज चलाएको नमिलेकोले मासु विग्रने सम्भावना भएकोले फ्रिज बन्द नगर्ने र मासु जालिले छोपेर राख्ने सुझाब दियो ।

पूर्ण शाहीको खसी र कुखुराको मासु पसल एक हप्ताभित्र पसल दर्ता गर्ने, साइनबोर्ड राख्ने, मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग गर्ने, मासुको मनपरी मूल्य नलिने र मूल्य सूचि राख्ने, मासु जालिले छोपेर राख्ने र मासु जालीले छोपेर राख्ने सुझाब दियो  ।

भक्तपुर भ्याली कोल्ड स्टोरमा मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग गर्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्नुपर्ने, मासुको मनपरी मूल्य नलिने र मूल्य सूचि राख्ने, फ्रिजमा राखी राखेको विग्रेको कुखुराको मासु १८ किलो आठ सय १० ग्राम जफत गरी नष्ट गरिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताए ।

अनुगमनमा भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैया सुवाल, भनपा स्यानिटेशन उपशाखाका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चबाट मनोज थापा, महानगरीय प्रहरी प्ररिसरका विष्णु थापा र शन्तोष शाक्य, पशु सेवा शाखा भक्तपुर, भक्तपुर उद्योग बाणिज्य संघको सहभागी रहेको थियो ।

प्रकाशित: ९ वैशाख २०७७ १६:०९ मंगलबार

मूल्य लकडाउन कोभिड-१९