अर्थ

प्रदेश ५ मा कृषि एम्बुलेन्स

रुपन्देही – कोरोना भाइसको प्रभावले किसानको उत्पादन खेतमै सुक्न थालेको र बजारसम्म पु-याउन नसकेको गुनासो आएपछि प्रदेश ५ सरकारले कृषिजन्य वस्तु ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रायले ४४ वटा पिकअप भ्यानलाई कृषि एम्बुलेन्सका रुपमा ढुवानीमा प्रयोग गर्ने तयारी गरेको हो । मन्त्रायलले शुक्रबार अनलाइनमार्फत जानकारी गराउँदै कोरोना नियन्त्रणमा जुट्दै गर्दा बाँच्नका लागि आवश्यक पर्ने सामग्री आपूर्तिका लागि कृषि एम्बुलेन्स सञ्चालनको रणनीति लिएको जनाएको छ । 

किसानले उत्पादन गरेको कृषि तथा पशुजन्य खाद्य वस्तु आपूर्ति तथा बिक्री वितरणका लागि मन्त्रालयले अनुदानमा उपलब्ध गराइएका ३४ र थप मन्त्रालयका १० सरकारी गरी ४४ पिकअप भ्यानलाई कृषि एम्बुलेन्सको रुपमा उपलब्ध गराउने भएको हो ।

प्रकाशित: ७ वैशाख २०७७ ०३:२७ आइतबार

कोरोना_भाइस कृषिजन्य_वस्तु कृषि_एम्बुलेन्स