अर्थ

एनआइसी एसियाको ब्याज छुट र हर्जाना मिनाहा

काठमाडौं, – एनआइसी एसिया बैंकले कर्जा ग्राहकलाई ब्याज रकममा छुट दिने योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत बैंकबाट कर्जा लिएका ग्राहकले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको बक्यौता साँवा तथा ब्याज भुक्तानी गरेको खण्डमा बुझाएको साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट दिने घोषणा गरेको छ । 

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाका साथै चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जामा लागू हुने बैंकको विज्ञप्तिमा उल्लेख छ । उक्त छुट रकम २०७७ जेठ महिनाको पहिलो हप्ताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: ६ वैशाख २०७७ ०३:५७ शनिबार

एनआइसी_एसिया_बैंक ब्याज छुट