अर्थ

प्रभु बैंकबाट विपन्नलाई खाद्यान्न

दैलेख – प्रभु बैंक लिमिटेड दैलेख शाखाले नारायण नगरपालिकामार्फत दैनिक ज्यालादारी गर्ने र अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ।

बैंकका शाखा प्रवद्र्धक उमेश प्याकुरेलले प्रदेश सांसद अम्मरबहादुर थापाको उपस्थितिमा नगरपालिका नगर प्रमुख रत्नबहादुर खड्का, उपप्रमुख सावित्री मल्ल र प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीलाई संयुक्त रूपमा खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्। बैंकले २५ केजीको दरले ६५ बोरा चामल, एक सय ३० केजी दाल, ६५ प्याकेट नुन, पाँच ड्ढयाको क्वारेन्टाइन निर्माणका लागि सामग्री वितरण गरेको हो।

यो विपतको घडीमा बैंकले प्रभावित जनताहरूलाई नगरपालिका मार्फत गरेको सहयोग निकै प्रशंसापूर्ण रहेको नगर उपप्रमुख सावित्री मल्लले बताइन्। बैंकका शाखा प्रबन्धक उमेश प्याकुरेलले नगरका प्रभावित जनताका लागि बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सानो सहयोग गरेको बताए।

प्रकाशित: २८ चैत्र २०७६ ११:२० शुक्रबार

ज्यालादारी खाद्यान्न प्रभु_बैंक