अर्थ

वर्ड र अर्बिट रेमिटबाट एनआइसीमा पैसा पठाउन सकिने

काठमाडौं – वर्ड रेमिट र अर्बिट रेमिटमार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीले अब बिना झन्झट घरमै बसेर एनआइसी एसिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्ने भएका छन्।

उक्त सेवाबाट ग्राहकले लकडाउनको समयमा घरबाट बाहिर नगई रेमिट्यान्स सुरक्षित गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ। यस योजनाले विदेशमा रहेका नेपालीले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै आफ्ना परिवारजन तथा आफन्तलाई तुरून्त रकम पठाउन सक्ने बैंकले जनाएको छ। 

प्रकाशित: २६ चैत्र २०७६ १८:४४ बुधबार

अनलाइन रेमिट