अर्थ

ब्याज मिनाहा गर्न सकिँदैन : गर्भनर अधिकारी

काठमाडौँ - नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले बैँक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीलाई ब्याज मिनाहा गर्न नसकिने बताएका छन्। बुधबार रेडियो एनआएरएनसँगको अन्तर्वार्तामा उनले सरकार सकेसम्म ऋणीलाई राहत दिने योजनामा रहेको, तर ब्याज नै मिनाहा दिन सक्ने अवस्थामा नरहेको बताएका हुन्। 

कोरोना संक्रमणका कारण मुलुक डकलाउन भएको भन्दै बैँकवाट कर्जा लिई व्यापार, व्यवसाय सुरु गरेका ऋणीले ब्याज मिनाहा गर्न माग गर्दै आएका छन्। तर राष्ट्र बैँकले ऋणीलाई तीन महिनाको सहुलियत प्याकेज घोषणा गरिसकेको र सोही अनुसार कर्जा र ब्याज भुक्तानी गर्ने चैतको भाका असार मसान्तसम्म सारेको बताउँदै गभर्नर अधिकारीले थप राहत दिन सक्ने अवस्था नरहेको बताएका हुन्।

प्रकाशित: २७ चैत्र २०७६ ०५:४९ बिहीबार

गभर्नर राष्ट्र_बैँक कर्जा