अर्थ

पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य घट्यो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि मूल्य घटेको हो। साविकको विक्री मूल्यमा पट्रोल, डिजल र मटितेलमा प्रतिलिटर १० रुपैयाँ घटेको हो।

निगम संचालक समितिको बुधबार बसेको बैठकले राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियमको मूल्य घटाएको हो।

पेट्रोलको विक्री मूल्य प्रतिलिटर ९६ रुपैयाँ, डिजेल र मटितेलको मूल्य ८५ रुपैयाँ कायम गरिएको छ।

 

 

 

पेट्रोल मूल्य आयल_निगम