अर्थ

डेढ करोड कित्ता आइपिओ निष्कासन गर्दै पुनर्बिमा कम्पनी

काठमाडाैँ - मुलुकको एकमात्र पुनर्बिमा कम्पनीले एक करोड ६० लाख कित्ता आइपिओ निष्कासन गर्ने भएको छ। आगामी चैत ४ गतेदेखि आवेदन खुला गरिने सेयरमध्ये ६३ हजार पाँच सय कित्ता कर्मचारी र आठ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको कम्पनीले जनाएको छ।

त्यसैगरी, एक करोड ५१ लख २६ हजार पाँच सय कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको जनाइएको छ। एक सय रुपैयाँ अंकित मूल्य निर्धारण गरिएको सेयर खरिद गर्न चैत ७ गतेसम्म आवेदन दिन सकिने छ। कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।

आइपिओ निष्कासनपछि कम्नपीको चुक्ता पुँजी करिब १० अर्ब पुग्नेछ। हाल आठ अर्ब ४० करोड रुपैयाँ छ। सेयर निष्कासनबाट प्राप्त पुँजीको ७५ प्रतिशत लगानी तथा जोखिम व्यवस्थापनमा, २० प्रतिशत पूर्वाधार तथा क्षमता विकास र पाँच प्रतिशत वस्तु तथा सेवा विकासमा लगानी गरिने कम्पनीले जनाएको छ। कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयरका लागि क्रेडिट रेटिङमा आइपिओ गे्रड दुई पाएको छ।

प्रकाशित: २ चैत्र २०७६ ०३:०६ आइतबार

निष्कासन आइपिओ