अर्थ

भ्याट छलीको आरोपमा तीन कम्पनीमा छापा

काठमाडौं – राजस्व विभागले सांग्रिला माइक्रोसिस्टम प्रालि, सांग्रिला इन्फरम्याटिक्स प्रालिर जिओसफ्ट टेक्नोलोजी प्रालिमा छापा मारेको छ।

विराटनगर जुट मिलका अध्यक्ष वसन्त वन सञ्चालक रहेको यी तीन कम्पनीले करिब ६ करोड रुपैयाँ बराबरको भ्याट छली गरेको उजुरी परेपछि राजस्व अनुसन्धान विभागले छापामारी सम्पूर्ण कागजात जफत गरेको हो। कम्पनीका एकल सञ्चालक वनले उस्ताउस्तै नामका दुई कम्पनी सांग्रिला माइक्रोसिस्टमप्रालितथा सांग्रिला इन्फरम्याटिक्स प्रालि दर्ता गरी सञ्चालन गर्दै आएका छन्।

यी दुवै कम्पनीले सरकारलाई बुझाउनुपर्ने भ्याट छली गरेको विभाग स्रोतले जनाएको छ। वनकै अर्को कम्पनी जिओसफ्ट टेक्नोलोजी प्रालिले पनि लाखौको भ्याट विवरण नै नबुझाई अपचलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विभागले हाल वनका कम्पनीमाथि दोहोरो भ्याट बिल, भ्याट तथा अन्य कर अपचलनको विषयमा अनुसन्धान गरिरहेको छ। उक्त कम्पनीमा काम गर्ने एक कर्मचारीका अनुसार त्यहाँ काम गर्ने कर्मचारी कामदारको तलब वितरण गर्दा कम्पनीले नागरिक लगानी कोष, सञ्चय कोष, आयकर आदि कट्टी गर्ने तर सम्बन्धित कार्यालयमा दाखिला गर्दैन।

कर्मचारीको तलब भत्ता ढिला दिने, केही महिनाको रोकेर राख्ने र कार्यालय छोड्ने कर्मचारीलाई बाँकी रकम भुक्तानी नदिएर श्रम शोषण गरेको पनि उनीहरुले बताएका छन्। विराटनगर जुट मिलका अध्यक्ष वन जुट मिलको नाममा रहेको सम्पत्ति अपचलन सम्बन्धी मुद्दामासमेत मुछिएका व्यक्ति हुन्।

प्रकाशित: ७ फाल्गुन २०७६ ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App