अर्थ

नेपालमा लगानी गर्न युएईका उद्योग मन्त्रीलाई आग्रह

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले नेपालमा लगानी गर्न युएईका ऊर्जा तथा उद्योगमन्त्री सुहेल मोहमद फराज अललाई आग्रह गरेका छन्।

सोमबार दुई देशका मन्त्रीबीच युएईको ऊर्जा तथा उद्योग मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री दुगडले यस्तो आग्रह गरेका हुन्। मन्त्रीबीच दुई देशबीच जलविद्युत, नवीकरणीय ऊर्जा तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न सकिने विषयमा पनि छलफल भएको नेपाली दूतावास आबुधावीले जनाएको छ। राज्यमन्त्री दुगडले नेपालमा कृषि, पर्यटन, जलविद्युत्, ऊर्जालगायत क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए।

उनले युएई सरकार र निजी क्षेत्रलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए। युएईमा आयोजना हुने एक्स्पो २०२० का प्रतिनिधिसँग भेटघाट तथा एक्स्पोमा बनिरहेको नेपाल पेभिलियनको निरीक्षणका लागि राज्यमन्त्री दुगड शुक्रबार युएई पुगेका थिए।

प्रकाशित: ६ फाल्गुन २०७६ ०३:३६ मंगलबार

उद्योग लगानी ऊर्जा