अर्थ

दोस्रो रामेछाप महोत्सव हुने

रामेछाप- कृषि, पर्यटन प्रवद्धन गर्ने हाम्रो सान, कला संस्कृति जगेर्ना रामेछापको पहिचान भन्ने मुल नाराका साथ रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो रामेछाप कृषि, पर्यटन, सांस्कृति तथा औद्योगिक व्यापार महोत्सव सञ्चालन हुने भएको छ ।

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को अवसर पारेर महोत्सवको तयारी गरिएको रामेछाप उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । महोत्सव फाल्गुण ६ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

पर्यटन प्रवद्र्धन, कृषिजन्य उत्पादन, घरेलु उत्पादनको. प्रवद्र्धन र बजारीकरणमा टेवा पु¥याउने लक्ष्यका साथ आयोजना गर्न लागिएको उक्त महोत्सव सफल बनाउनका लागि आवश्यक तयारीका कामहरु भइरहेको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशबप्रसाद घिमिरेले जानकारी दिए ।

महोत्सवमा कृषिजन्य उपजहरुको बृहत प्रदर्शनी, औद्योगिक प्रदर्शनी, उपभोग्य विविध बस्तुहरुको प्रदर्शनी, दुधजन्य परिकारहरुको प्रदर्शनी, कलाकाहरुको सांगितिक कार्यक्रम प्रस्तुति लगायत विविध मनोरन्जनात्मक कार्यक्रमहरु प्रदर्शन गरिने आयोजकले जनाएको छ । स्थानीय कला र संस्कृतिको जगेर्ना गर्न स्थानीय स्तरका जातिय झाकी र कलाहरुको समेत प्रदर्शनी गरिने भएको छ ।

महोत्सवमा जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बृत्तचित्र लगायतका सामाग्रीहरु समेत प्रस्तुति गर्ने तयारी गरिएको आयोजकले जनाएको छ । आयोजकले आकर्षणको रुपमा मन्थलीबाट हेलिकप्टर मार्फत जिल्लाको शैलुङ क्षेत्र लगायतका मुख्य पर्यटकीय स्थलहरुमा समेत हेलिकप्टरबाट सवार गर्न सकिने प्रबन्ध समेत मिलाइएको आयोजकले जनाएको छ । महोत्सवको सह आयोजकको रुपमा सामाजिक सशक्तिकरण नेपाल मन्थली र मुख्य प्रायोजकको रुपमा मन्थली नगरपालिका रहेको छ ।

प्रकाशित: २१ माघ २०७६ १३:२० मंगलबार

दोस्रो_रामेछाप_महोत्सव