अर्थ

चार दिनदेखि आयात-निर्यात ठप्प

रसुवा  - चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङभन्दा केही तल पर्ने मुलाडाँडामा सुख्खा पहिरो गएपछि आयात निर्यात ठप्प भएको छ। तीन दिनअघि गएको पहिरो पन्छाउने कार्य नहुँदा आयात निर्यात रोकिएको हो। ल्होसारको कारण काम गर्ने मान्छे नभएको कारण बाटो खुल्न नसकेको त्यहाँ रहेका व्यवसायी पुरुषोत्तम पौडेलले बताए।

सिल लागेका गाडीले बाटो जाम गरेका छन्। सोमबार करिब ६० वटा गाडीमा सिल लागेको छ। चालक सबिन न्यौपानेले सोमबार बिहान  चारचार दिनअघि सिल लगाएको गाडी लगेका थिए। तर बाटो नखुल्ने भन्दै चिनियाँ पक्षले फिर्ता गरेको थियो।

सोमबार बाटो खुल्ने सम्भावना नरहेको उनले बताए। चार दिनअघि सिल लागेका गाडी समेत आउन सकेको छैन, उनले  भने, सोमबार बिहानबाट मान्छे समेत हिँड्न दिएको छैन।

प्रकाशित: ६ माघ २०७६ ०७:१३ सोमबार

केरुङ आयात_निर्यात