अर्थ

हिमपातका कारण रसुवागढी नाकाबाट आयात निर्यात ठप्प

चीनको केरुङमा हिउँ परेपछिको अवस्था

रसुवा- रसुवागढी नाकामा बिहीबारदेखि आयात निर्यात ठप्प भएको छ। चीनको केरुङमा बिहीबार बिहानदेखि निरन्तर हिमपात भएका कारण आयात निर्यात रोकिएको हो। हिउँ परेपछि आयात निर्यात रोकिएको केरुङमा रहेका व्यवसायी पुरुषोत्तम पौडेलले बताए।

      ‘बिहीबार पाँचवटा गाडीमा लोड भयो’, उनले भने, ‘हिउँ पर्न नरोकिएपछि दिउँसोबाट लोडको काम रोकिएको छ।’ अहिले पनि त्यहाँ हिउँ परिरहेको छ। सडक तथा सामाग्री लोड गर्ने ठाउँमा हिमपात भएका कारण बिहीबार दिउँसोदेखि सवारी साधन सञ्चालन हुन नसकेका उनको भनाइ छ।

      त्यहाँ अहिले ६० वटा गाडी लोड हुने तयारीमा छ। हिउँमा गाडी चिप्लिने भएका कारण रसुवागढी, ठोङ्सा, पाङसिङ लगायतका स्थानमा चिनियाँ पक्षले सवारी सञ्चालन गर्न दिएको छैन।

 

 

प्रकाशित: ३ माघ २०७६ ०६:१४ शुक्रबार

हिमपात रसुवागढी आयात निर्यात