अर्थ

बन्ने भए बेलिब्रिज,दर्जनौ जीप परिवर्तन गरेर यात्रा गर्नु पर्ने बाध्यताबाट मुक्त हुदै डोल्पाली

डोल्पा, डोल्पाबाट नेपालगन्ज सम्मको पट्यार लाग्दो र झन्झटिलो जीप यात्राबाट डोल्पाली मुक्त हुने भएका छन ।जाजरकोट–डोल्पा सडक खण्ड अन्तरगत पर्ने भेरीनदिमाथि ०७७ असोज भित्रमा ठुला साना गरेर पाँच ओटा बेलिब्रिजपुल बन्ने भएपछि दर्जनौ जीप परिवर्तन गरेर झन्झटिलो जीप यात्रा गर्नु पर्ने बाध्यताबाट डोल्पाली मुक्त हुने भएका हुन ।

पहिलो चरण अन्तरगत जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने करबगाड खोला, डोल्पाको खदाङ्गस्थित हरियापानी,त्रिपुराकोटको छलगाड, त्रिपुराकोट बगरस्थित ठुलीभेरी नदि र ठुलीभेरी नगरपालिकामा पर्ने रुपगाड खोलामाथि बेलिब्रिज निर्माण प्रकृया शुरु भएको छ ।गएको मंसिरमा जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने विभिन्न स्थानमा निर्माण गर्नु पर्ने पुलहरुको प्रारम्भिक सर्बे सम्पन्न गरेको सडक विभागले भर्खरै मात्र निर्माण गर्नु पर्ने पाँच ओटा बेलिब्रिज पुलको अन्तिम डिजाइन समेत सम्पन्न गरेर फर्केको छ ।

जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने ठुला साना गरेर पाँच ओटा नदिमाथिको पुलको डिजाइन (नक्साङ्कन) गर्ने जिम्मा विएनवी कन्सल्टेन्सीले पाएको थियो ।सडक विभागबाट निर्माण गरिने बेलिब्रिज पुलको अन्तिम नक्साङ्कन गर्न डोल्पा पुगेका सडक विभागका इन्जिनियर रोसन केजुवाल र विएनवी कन्सल्टेन्सीका प्रतिनिधि सौरभ शाहा सहितको दुई सदस्यीय टोलीले जाजरकोट हुदै डोल्पाको रुपगाड सम्म निर्माण गर्नु पर्ने बेलिब्रिज पुलको अन्तिम डिजाइन सम्पन्न गरेर काठमाण्डौ फर्केको हो ।

सडक विभागका इन्जिनियर रोसन केजुवालले करबगाड हुदै सदरमुकाम दुनैमा पर्ने रुपगाड सम्मका पाँच ओटा बेलिब्रिज पुलको अन्तिम नक्साङ्कन गर्ने कार्य सम्पन्न भएको र काठमाण्डौमा पुगेर बेलिब्रिजपुलको सम्पुर्ण प्राविधिक कार्य बढीमा एक महिना भित्रमा सम्पन्न हुने बताए ।प्राविधिक कार्य सम्पन्न भएलगत्तै कन्सल्टेन्सी मार्फत सडक विभागले बेलिब्रिज निर्माण गर्छ ।कम्पनीलाई पाँचओटा पुल बनाउन झण्डै ५ महिना लाग्छ ।बेलिब्रिज वनाउने कार्य सम्पन्न भएपछि ०७७ असोज भित्रमा करबगाड हुदै रुपगाड खोला सम्म निर्माण गर्नु पर्ने सबै पुल जडान भई सक्छन इन्जिनियर केजुवालले भने ।करबगाड देखि रुपगाड सम्मका पाँच ओटा बेलिब्रिज निर्माण भई जडान भएपछि रुकुम पश्चिममा पर्ने छरेबगर देखि दुनै सम्म सिधा यातायात संचालन हुने छ ।

पुलको अभावमा विभिन्न दर्जनौ जीप परिवर्तन गरेर झन्झटिलो यात्रा गर्नु बाध्यता ०७७ असोजमा हट्ने विश्वास जागेको त्रिपुराकोट बजार ब्यवस्थापन समितिका अध्यक्ष पुर्णकेशर न्यौपानेले बताए ।जाजरकोटको पासागाड देखि डोल्पाको सदरमुकाम दुनै सम्मको ११८ किलोमिटर लामो सडकको ट्रयाक खोल्ने कार्य नेपाली सेनाले ०७५ मंसिर ४ गते सम्पन्न गरेको थियो ।०७६ कार्तिक २१ ग्ते नेपाली सेनाले सडक निर्माण गरेको एक वर्ष पछि सडक विभागलाई जाजरकोट–डोल्पा सडक औपचारिक रुपमा हस्तान्तरण गरेको थियो ।

    

 

प्रकाशित: २२ पुस २०७६ ०६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App