अर्थ

अनुदान नपाएपछि कपिलस्तुका उखु किसान काठमाडौं जादै

    कपिलस्तु, आफ्नै गाउँमा रहेको उखु मिल बन्द गरी दुई वर्षअघि सर्लाही सारियो। शिवराज नगरपालिकाको जवाभारीमा रहेको महालक्ष्मी सुगर मिल सर्लाही सारियो। सो मिलका सञ्चालकले त्यहा पनि उखु किसानलाई बेचेको रकम नदिएपछि उनीहरु काठमाडौं गएर आन्दोलन गरे। त्यसैको दवावपछि सरकार र उखु मिल सञ्चालकबीच पाचबुँदे सहमति भयो। किसानले उखुको रकम पाउने भएका छन्। त्यही मिललाई ६ वर्षअघि बेचेको सरकारी अनुदानबापतको रकम भने कपिलस्तुका उखु किसानले अझै पाएका छैनन्। सरकारले दिने प्रतिक्विन्टल २५ रुपैयाँ बराबरको अनुदानबापतको रकम ११ जिल्लामध्ये नौ जिल्लाका किसानले पाइसके। तर, कपिलस्तुका किसान भने त्यही रकमका लागि विगत पाच वर्ष अघिदेखि आन्दोलन गर्दै आएका छन् ।

पाच वर्षको अवधिमा पटक पटक प्रशासन कार्यालयमा ज्ञापन पत्र दिए। राजमार्गमा बन्द गरी आन्दोलनमा उत्रिए तर पनि समस्या समाधान नभएको उखु किसान संघका जिल्ला अध्यक्ष अनुप कुमार चौधरीले गुनासो गरे। अर्थ मन्त्रालयलदे अनुदानको रकम महालक्ष्मी सगर्स मिललाई दिई सकेको भन्दै पत्राचार गरेको छ। तर मिलका मालिका तथा प्रदेश सदस्य बिरेन्द्र कनौडियाले भने आफुले सरकारबाट भ्याट छुटको रकम मात्र प्राप्त गरेको किसानहरुको अनुदान रकम नपाएको दाबी गरे। कर्नाैडिाले किसानहरुले अनुदान बापतको रकम पाउनु पर्नेमा आफु पनि लागेको बताए।

अर्थ मन्त्रालयले भन्छ अनुदानको रकम मिललाई दिसेको छौ, मिलका सांलक कनौडियाले पाएका छैनौ भन्छन अब हामीले कसबाट रकम पाउने हो ’ अध्यक्ष चौधरीले भने। कपिलवस्तु उखु किशान संघ अनुसार ८ हजार किसानले ९ लाख ९२ हजार क्युन्टलको प्रति क्युन्टल २५ रुपैयाका दरले पाउने सरकारी अनुदानको रकअ अझै पाएका छैनन।  कुल २ करोड ४८ लाख २३ हजार नौ सय रुपैया अनुदानको रकम अझै पाउन बाकी छ। आर्थिक बर्ष २०७१ ÷ ७२ मा अधिराज्य भरी नै सुगर्स मिल मार्फत कारोबार गर्ने किसानहरुलाई प्रति क्विन्टल २५ रुपैया उखु प्रवर्द्धन खर्च बापत दिने रकम भुक्तानी गरिसकेको छ।

श्रीमहालक्ष्मी सुगर्स मिल जवाभारी कपिलवस्तु मार्फत कारोबार गरेका किसानहरूलाई उखु प्रवर्द्धन खर्च बापत २५ रुपैया भुक्तानी पाएका छैनन।  कपिलवस्तु किसान संघले पटकपटक विभिन्न माध्यमबाट सरकारद्वारा सो रकम किसानहरुलाई उपलब्ध गराउन माग गर्दै आएको छ। संघका अध्यक्ष चौधरीले अनुदानको रकम पाउनकालागि प्रशासन कार्यालय मार्फत पटक पटक मन्त्रालयमा ज्ञाप पत्र बुझाएको बताए। ‘ पटक पटक ज्ञापन पत्र दिर्या, धर्ना र अनसन समेत बस्यौ तर कुनै सुनुवाइ भएन ’ अध्यक्ष चौधरीले भने। किशान संघले फेरी सोमवार ईलाका प्रशासन कार्यालय चन्द्रा्रैटामा अनुदान रकमकालागि ज्ञापन पत्र बुझाएको छ।

संघका अध्यक्ष अनुप कुमार चौधरीको अगुवाइृमा गएका टोलीले इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख शंकर बहादुर विष्टलाई ज्ञापन पत्र बुझाए। अध्यक्ष चौधरीले अब आफुहरु पनि काठमाण्डौमा गएर आन्दोन गर्ने तयारी गरिएको बताए। पं्रमुख बिष्टले आफुले अनुदान रकमकालागि पहल गर्ने बताए। साउनमा आन्दोलनमा अनशन बसेका किसानहरुलाई भाद्र १ गते प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जनप्रतिनिधिहरु लगायतले सरकारबाट रकम निकासा गराउने प्रतिबद्धतापछि स्थगन गरिएको थियो।

 

 

प्रकाशित: २२ पुस २०७६ ०३:४० मंगलबार

कपिलस्तु श्रीमहालक्ष्मी_सुगर्स_मिल_जवाभारी