अर्थ

महिला उद्यमी महासंघमा नयाँ नेतृत्व

काठमाडौं- महिला उद्यमी महासंघको  सातौं अधिवेशनले रीता सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको प्रथम उपाध्यक्षमा  नीरू रायमाझी खत्री, द्वितीय उपाध्यक्ष शोभा ज्ञवाली, तृतीय उपाध्यक्षमा दर्शना श्रेष्ठ, चौथो उपाध्यक्षमा हजुरी विष्ट, महासचिवमा सुनीता वैद्य श्रेष्ठ, सचिवमा बासन्ती प्रधान, कोषाध्यक्षमा महालक्ष्मी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

यस्तै कार्यसमिति सदस्यमा सुमित्रा पलाञ्चोके, कुन्नम पोखरेल, सविता सुवेदी, नीता पोखरेल, श्रद्धा जोशी र प्रदेश १ को सदस्यमा गोमा भट्टराई, प्रदेश २ मा देव कुमारी, प्रदेश ३ मा लक्ष्मी खनाल, गण्डकी प्रदेशमा कासी गुरुङ निर्वाचित भएका छन्। यस्तै प्रदेश ५ मा सरस्वती शर्मा, कर्णली प्रदेशमा कविता थापा र सुदुरपश्चिम प्रदेशमा सरला खड्का निर्विरोध निर्वाचित भएकी छन्। मनोनीत कार्यसमिति सदस्यमा दीपा थपलिया र आमन्त्रित कार्यसमिति सदस्यमा सरिता तुलाधरलाई मनोनीत भएका छन्।

अधिवेशनको उद्घटनसत्रमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक समृद्धिका लागि उद्यमशीलता पहिलो विषय भएको बताए। उधमशीलताले मात्र आर्थिक विकास गर्ने उनले बताए। महिलाहरुको उद्यमशीलता विकासमा सरकार सँधै प्रतिवद्ध रहेको उनले प्रष्ट्याए।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्यमशीलताको वातावरण बनाउन सरकार जिम्मेवार हुनुपर्ने बताइन्।

 

प्रकाशित: २१ पुस २०७६ १०:१५ सोमबार

उद्यमी महिला नेतृत्व