अर्थ

रौतहटमा भारतीय पर्यटकलाई स्वागत

रौतहट– नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन १ जनवरीमा भारतबाट नेपाल प्रवेश गरेका भारतीय पर्यटकलाई रौतहटमा स्वागत गरिएको छ। जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाले सीमा नाकामै स्वागत गरेका हुन्।

जिल्ला समन्वय समिति रौतहटको टोलीसँगै गौर भन्सारमा पुगेर भारतबाट नेपाल छिर्दै गरेका पर्यटकलाई प्रजिअ थापाले स्वागत गरेका हुन्।

गौर नाकाको क्रान्तिद्वारमा उनीहरुलाई स्वागत गरिएको थियो। स्वागत गर्दै प्रजिअ थापाले पर्यटन वर्षको महत्व तथा यसले देशको कूल गार्हस्थ उत्पादनमा पार्ने सकारात्मक प्रभावको बारेमा स्पष्ट पारेका छन्।

प्रजिअ थापासँगै भ्रमण वर्षको जिल्ला समन्वय समिति संयोजक उदयनारायण सापकोटा तथा सदस्य सञ्जय मित्रले फूलको माला लगाई स्वागत गरेका छन्। 

प्रकाशित: १६ पुस २०७६ ०७:३३ बुधबार

भ्रमण_वर्ष