अर्थ

टेलिकम र बिमा ओरालो लाग्दा बजार तीन विन्दुले रातो

काठमाडौं – अघिल्लो दिन झन्डै ६ विन्दुले बढेको सेयर बजारको वृद्धि मंगलबार भने टिक्ने सकेन। लगानीकर्ताले सेयर आपूर्ति बढाउँदा नेप्से ३.१६ विन्दुले ओरालो लागेको छ। यसअघि बढेका बिमा समूह ओरालो लाग्दा त्यसले समग्र बजारलाई प्रभाव पारेको हो। विगत केही दिनदेखि बिमा समूहमा वृद्धि देखिएको थियो। जीवन तथा निर्जीवन बिमा समूहमा लगानी गरेका लगानीकर्ताले नाफा बुक गर्न थालेपछि बजारमा मन्दी देखिएको हो। बुकक्लोजपछि खुलेको नेपाल टेलिकमको सेयर भाउ ओरालो लागेपछि पनि त्यसले नेप्सेलाई घटाउन मद्दत गरेको छ।
यस दिन ११६७.९५ विन्दुमा खुलेको बजार सुरुको करिब एक घन्टाजति उकालो लागेर ११७१.४८ को उच्चविन्दु बनाएको थियो। त्यसपछिभने ओरालो लागेको नेप्सेले ११६३.०२को न्यूनविन्दु बनाएर ११६६.०३मा बन्दभएको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनिओरालो लागेको छ। नेप्से ०.२७प्रतिशले खुम्चिँदा क वर्गका कम्पनीको कारोबार मापनगर्ने सेन्सेटिभ इन्डेक्स ०.४८ प्रतिशत (१.२२ विन्दु) ले खस्किएको छ।

यस दिन कारोबार भएका १२ वटा समूहमध्ये १२ वटा समूहमध्ये ६ वटा समूहको सूचक रातो छ भने त्यति नै समूहको सूचक हरियो छ। यो दिन सबैभन्दा बढी ओरालो लाग्नेमाअन्य समूह देखिएको छ। यो समूहको सूचकमा ३.९२ प्रतिशतले ह्रास आएको छ। यो समूहमा सूचीकृत नेपाल टेलिकमको सेयर भाउमाभारी गिरावट आएपछि समूहकै सूचकओरालो लागेको हो। सेयरधनीलाई ४५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको नेपाल टेलिकमको मंगलबार बुकक्लोजपछि कारोबार खुलेको हो। बोनस सेयर दिँदा सेयर मूल्यमा नै समायोजन गर्ने व्यवस्था नेपाल स्टक एक्सचेन्जले गरेको छ। नगद लाभांश दिँदा भने सामान्यतया मूल्य समायोजन गरिँदैन। बजार आफैंले मूल्य समायोजन गर्ने भएकाले त्यसले सूचकमा समेत प्रभाव पार्छ।

विन्दुगत आधारमा भने सबैभन्दा बढी ओरालो लाग्नेमा निर्जीवन बिमा समूह देखिएको छ। यो समूहको सूचक २९.२७विन्दुले खस्किएको छ। यस्तै अन्य समूह २७.२ विन्दुले खुम्चिँदा जीवन बिमा समूह २१.१३ विन्दुले ओरालो लागेको छ। यसैगरी उत्पादन मूलक समूह १३.९२, वित्त ५.२१ र म्युचुअलफन्ड समूह ०.०१ विन्दुले रातो छन्।

घट्दो बजारमापनि यस दिनहोटल्स समूहको सूचक १८.९६ विन्दुले उकालो लागेको छ। यस्तै लघुवित्त १७.१७, व्यापार १०.५८, जलविद्युत् ५.१८, विकास बैंक २.९५ र बैंकिङ समूह १.२७विन्दुले उकालो लागेका छन्।

कारोबार रकममा ह्रास
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि ह्रास आएको छ। यस दिन ४२ करोड ६३ हजार नौ सय ३८ रुपैयाँको सेयर किनबेच भएको छ। यो अघिल्लो दिनको तुलनामा ३२.५ प्रतिशतले कमहो। सोमबार ६२ करोड २३ लाख ६३ हजार चार सय ८८ रुपैयाँको सेयर किनबेच भएको थियो।

सोमबारको तुलनामा मंगलबार कारोबार संख्या र किनबेच भएको सेयर संख्यामा पनि कमी आएको छ। सोमबार सातहजार ३८ कारोबारबाट एक सय ७७कम्पनीका १४ लाख ९१ हजार ४४ कित्ता सेयर किनबेच भएकोमा मंगलबार ६ हजार एक सय १६ कारोबारबाट एक सय ७७कम्पनीकै १२ लाख ३६ हजार पाँच सय १९ कित्ता सेयर किनबेच भएका छन्।

कारोबार रकममा नेपाल लाइफ अगाडि
कारोबार रकमकाआधारमा यस दिनपनि नेपाल लाइफ इन्सुरेन्स कम्पनी नै पहिलो स्थानमा छ। यो कम्पनी आइतबारदेखि नै लगातार पहिलो स्थानमा छ। मंगलबार यस कम्पनीको पाँच करोड ९८ लाख ४९ हजार आठ सय ८८ रुपैयाँको सेयर किनबेच भएको छ। नेपाल लाइफ पहिलो स्थानमा रहे पनि अघिल्लो दिनको तुलनामाभने यसको कारोबार रकममाउल्लेख्य गिरावट आएको छ। सोमबार नेपाललाइफको १० करोड ६ लाख २१ हजार चार सय ४० रुपैयाँको सेयर कारोबार भएको थियो।

कारोबार रकमका आधारमा बुधबार दोस्रो स्थानमा शिवम सिमेन्ट छ। यस्तै हिमालयन डिस्टिलरी, एसियन लाइफ इन्सुरेन्स र नागरिक लगानी कोष क्रमशः तेस्रोदेखि पाँचौंसम्म रहेका छन्। ज्योतिविकास बैंक प्रमोटर सेयर, साल्ट ट्रेडिङ कर्पोरेसन, सूर्या लाइफ इन्सुरेन्स, एनआइसीएसिया र एनएमबी बैंक पनि उच्च कारोबार हुने १० कम्पनीभित्र पर्न सफलभएका छन्।

विशाल बजारमा पोजेटिभ सर्किट
घट्दो बजारमापनि यस दिनविशालबजार कम्पनीको सेयर भाउमापोजेटिभ सर्किट लागेको छ। यस कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेर एक हजार आठ सय ६१ रुपैयाँपुगेको छ। यस्तै कर्पोरेट विकास बैंकको सेयर मूल्यपनि ६ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यस दिन सबैभन्दा बढी गुमाउनेमा नेपाल टेलिकमका लगानीकर्ता परेका छन्। यस कम्पनीको सेयर भाउ ५.७प्रतिशतले ओरालो लागेको छ। यस्तै युनियन हाइड्रोपावर कम्पनीको सेयर भाउपनि पाँचप्रतिशत भन्दा बढीले खस्किएको छ।

प्रकाशित: १६ पुस २०७६ ०४:३९ बुधबार

नेप्से