अर्थ

डेरीबाट राम्रो आम्दानी गर्दै ६४ वर्षिया केउरा धामी

गाईबाँधेको डेरी सञ्चालन गरेकी ६४ वर्षिया केउरा धामी ।

डडेल्धुरा- भित्रि मधेश जोगबुडीकी केउरा धामीले डेरी सञ्चालन गरी राम्रो आमदानी गरि रहेकी छन्। परशुराम नगरपालिका–१२ तुलाभाडीकी ६४ वर्षिया केउरा धामीले विगत चार वर्षदेखि डेरी सञ्चालन गर्दै आएकी छन्।

तुलाभाडी क्षेत्रका गाउँबाट उनले दैनिक अढाई सय लिटर बढी दुध संकलन गर्छिन्। पशुपालन किसानबाट संकलित दुध चिलिम भ्याट (चिस्यान) मेसिनमा राखी प्रत्येक चार/चार दिनमा दुग्घ विकास संस्थान अत्तरिया पठाउने गरेको उनी बताउँछिन्। दुग्घ विकास संस्थानको दुध बोक्ने आफ्नै गाडी यहाँ पुगी दुध लैजाने गरेको छ। ६४ वर्षिया केउरा धामीलाई डेरीमा उनकी बुहारीले सघाउने गरेकी छन्।

यस भन्दा पहिले कैलालीकै धनगढीमा रहेको खप्तड डेरीले दुध लैजाने गरेको थियो। अहिले सरकारी संस्थान दुग्ध विकास संस्थानले दुध लैजान थालेपछि सजिलो भएको उनले बताईन्। गर्मियाममा दुधबाट बनेको आईक्रिम पनि बेच्ने गरेकी धामीले महिनामा सबै खर्च कटाई २० हजार रुपैयाँ आम्दानी हुने गरेको सुनाइन्।

पाँच वर्ष पहिले जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले भित्रि मधेशका किसानलाई ईलाम भ्रमणमा लग्यो। त्यहाँ महिलाले पालन गरेको जर्सी गाई र डेरी सञ्चालन गरेको देखेपछि आफुले पनि गाई पालन गरी डेरी सञ्चालन गरेको उनले बताइन्।

यती बेला पशु सेवाले नै दुई लाख २५ हजार रुपैयाँ चिस्यान मेसिनमा सहयोग गर्‍यो। ढुवानी मैले आफैले गरे। एउटा चिस्यान मेसिन ल्याए। अहिले मर्सिकोरले १ लाख २५ हजार रुपैयाँ र मैले आफुले १ लाख २५ हजार रुपैयाँ हालेर अर्काे चिस्यान मेसिन राखेको छु। उनले हाल पनि दुई वटा जर्सी गाई पालन गरेकी छन्।

अहिले उनले दुघ संकलनसँगै दहि र ग्राहक पाए घ्यूसमेत खरिद गरी बिक्री गर्ने गरेकी छन्। यसै वर्षको असोज १ गतेदेखि दुग्घ विकास संस्थानलाई दुध दिने गरेको उनले बताइन्। 'चार दिनमा पाँच सयदेखि सात सय लिटर  दुध दुग्ध विकास संस्थानमा पठाउने गरेको छु' उनले भनिन्। अहिले ठिकै भएको छ। तुलाभाडीका किसानले जर्सी गाई पालन गरेको देखेर अहिले परशुराम नगरपालिका–१ जौखेत, मलेनी, गरेडेलगायत गाउँका स्थानीयहरुले पनि पालन गर्न सुरु गरेका छन्।

सुरुसुरुमा निकै समस्या भएको उनी बताउँछिन्। मेसिन बारे जानकारी पनि नहुने। उनले भनिन्, 'दुधका परिकार पनि बनाउन नआउदा समस्या थियो। अहिले सबै सहज भएको छ।'

जोगबुडा क्षेत्रमा मर्सिकोरको आर्थिक विकास मार्फत विपद जोखिम न्यूनिकरण एमरेड परियोजनाले  सघाई रहेको उनले बताइन्। रंगुन खोला किनार तथा बगर बनाएको बस्तीमा घाँस रोप्ने, घाँसको बिउ दिने भएकाले सहज भएको उनको भनाइ छ। एमरेडलेनै दुग्ध विकास संस्थानसँग सहकार्य गरी दुध लैजान थालेको उनले सुनाइन्।

एकिकृत विकास समाज आईडिएस डडेल्धुराकाद्वारा सञ्चालित आर्थिक विकास मार्फत विपद जोखिम न्यूनिकरण एमरेड परियोजनाले जोगबुडाको परशुराम र आलितालका कटान, बाढी पहिरो प्रभावित क्षेत्रमा बाँध लगाउनेदेखि घाँस, डालेघाँसको बिउ वितरणसँगै दुध बिक्री वितरणमा समन्वय गर्दै आएको परियोजना संयोजक गणेशबहादुर थापा मगरले बताए।  

 

 

प्रकाशित: ११ पुस २०७६ ०८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App