अर्थ

मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम खण्ड निर्माणमा अन्यौल

फाइल फोटो

सिन्धुली– मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम खण्डको निर्माण कार्य अन्यौलमा परेको छ।

राजमार्गअन्तर्गत सिन्धुली सरमुकाम तथा मकवानपुरका १३ किलोमिटर सडक नक्साङ्न तथा मुअब्जा विवादका कारण अन्यौलमा परेको हो। उक्त राजमार्ग राष्ट्रिय गौरवअन्तर्गत समावेश गरिएको आयोजना हो। 

राजमार्गको नक्साङ्न गर्दा सिन्धुलीको कमलामाई नगरपालिका ६ को धुराबजार हुँदै मिलन चोक, साङवाले खट्टार क्षेत्र समावेश गरिएको थियो। धुरा बजार क्षेत्रमा थुप्रै घरहरु भत्काउनु पर्ने भएपछि त्यहाँबाट रुट परिवर्तन गर्न स्थानीयको माग छ।

धुराबजारदेखि खट्टासम्म ६ किलोमिटर सडक पर्दछ। उक्त क्षेत्रको अवस्था मन्त्रालयमा जानकारी गराइएको मदन भण्डारी राजमार्ग पश्चिम खण्डका आयोजना कार्यालयका सूचना अधिकारी केशब ओझाले जानकारी दिए। 

प्रदेश सभाका सदस्य  बिनोद खड्काले धुराबजार जोगाएर छोटो र कम लागतमा अन्यन्त्र रुट परिवर्तन गर्न पहल गरिएको बताए। 

त्यस्तै हेटौडाको चिसापानी देखि चौगडासम्मको ४ किलोमिटरमा स्थानीयले विवाद गरेका छन्। सडक निर्माण गर्दा आफुहरुको धेरै घरजग्गा क्षति हुने भन्दै अदालतमा मुद्धा समेत परेको आयोजनाले जनाएको छ। 

यता मकवानपुरकै छतिवनमा २ किलोमिटर सडक निर्माणमा विवाद हुँदा निर्माण कार्य अगाडी बढाउन नसकिएको आयोजनाका सुचना अधिकारी ओझाले जानकारी दिए। 

आयोजना तीनबर्षभित्र निर्माण थालिएको थियो। तत्कालिन सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको यो राजमार्गलाई हाल मदन भण्डारी राजमार्ग नामाकरण भएको छ।

मदन भण्डारी राजमार्गको  पश्चिमतर्फ कमलामाई नगरपालिकाको भीमानदेखि मकवनपुरको हेडौँडा महानगरपालिका–६ चौगडासम्म कुल १ सय १५ किलोमिटर सडकमा धमाधम काम भइरहेको छ। यो खण्डको सडक तर्फ ६५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ।

प्रकाशित: ६ पुस २०७६ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App