अर्थ

५० करोड लगानीमा भैरहवामा मौर्य होटल

रिबन काटेर होटलको उद्घाटन गर्दै सांसद टोपबहादुर रायमाझी ।

भैरहवा- ५० करोडको लागतमा रुपन्देहीमा आजदेखि होटल सञ्चालनमा आएको छ। युवा व्यवसायी रामबहादुर कोईरीकोे एकल लगानीमा पश्चिमाञ्चलमै अत्याधुनिक सेवा सुविधासहित होटल मौर्या सञ्चालनमा आएको हो।  

सञ्चालक कोइरीको आमा र प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले होटलको औपचारिक उद्घाटन गरेका छन्। सो अवसरमा बोल्दै सांसद रायमाझीले केवल व्यवसायिक दृष्टिकोणले भन्दा पनि आर्थिक समृद्धिका लागि दुरगामी महत्व राखेर होटल सञ्चालन ल्याएकोमा बताए। यो एक व्यक्तिगत होटल भए पनि पर्यटन क्षेत्र र आर्थिक विकासको क्षेत्रमा पूर्वाधारको विकास गरेको बताए।

देशको आर्थिक समृद्धिको दिशा तर्फ बढ्दै छ, यसले गर्दा नयाँनयाँ प्रविधीका रुपहरु परिवर्तन गर्दै विकसित हुदैछ। यस्तै पूर्वाधारले भैरहवासहित प्रदेशकै विकास समृद्धि भई समाज विकास र आर्थिक विकास प्रतिस्पर्धाको माध्यमबाट अगाडि बढ्ने बताए।

भैरहवाको नयाँ सडकमा रहेको ६ तल्ले होटल प्रेसिडेन्सीयलसहितकोे छ। तातो, चिसो पानी सहितको सेवा रहेको यो कोठा अति विशिष्ठ ब्यक्तिहरुको लागी उपयुक्त रहेको होटलका ब्यवस्थापक अमृत कुमार खनालले बताए। उनले होटलमा १० वटा सुईट र ४३ वटा सुपर डिलक्स गरि जम्मा ५३ कोठा रहेको जानकारी दिए।

करिब ७ कठ्ठा क्षेत्रफलमा फैलिएको यस होटलमा ५० जनाले रोजगार पाएको खनालले जानकारी दिए। आवश्यकता अनुसार होटलले आफ्ना सेवाहरु थप परिष्कृत गर्दै लैजाने उनले बताए। होटलमा ३ सय ५० जना अटाउने र ५० जना अटाउने अलगअलग २ वटा हल रहेकोले स्थानीय स्तरमा हुने कार्यक्रमहरुको लागी उपयुक्त रहेको सञ्चालकको भनाइ छ।

प्रदेश ५ सरकारको लुम्बिनी भ्रमण वर्ष र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि होटलका ग्राहकलाई बिशेष सुविधाहरु प्रदान गर्ने होटलले जानकारी दिएको छ।

 

प्रकाशित: २६ मंसिर २०७६ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App