अर्थ

बल्क कार्गोको लागि थप दुई नाका खुल्ने

काठमाडौं – नेपाली व्यवसायीले भारतीय रेलमार्फत आयातगर्ने बल्क कार्गो अबदेखि विराटनगर र भैरहवा नाकाबाट समेत भिœयाउनपाउने भएका छन्। काठमाडौंमा सम्पन्ननेपाल–भारत वाणिज्य सहसचिवस्तरीय बैठकमा उक्तबुँदादुई मुलुकबीचको पारबहन सन्धिकोप्रोटोकलकोमस्यौदामा समावेश गर्ने सहमतिभएको हो।

‘रेलमार्फत बल्क कार्गो ढुवानीका लागिवीरगज–रक्सौल नाकाका अतिरिक्तविरानगर–जोगबनी र भैरहवा–सुनौलीनाकासमेत खुलागर्ने गरी पारवहन सन्धिको प्रोटोकलको मस्यौदामा समावेशगरिएको छ,’ सहसचिवस्तरीय बैठकपछि उद्योग वाणिज्य तथाआपूर्ति मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

हालसम्म नेपालले रेलमार्फत हुने बल्ककार्गो वीरगन्ज नाकाबाट मात्रल्याउन पाउँथ्यो। व्यवसायीले अन्य नाकाबाट पनिबल्ककार्गो भिœयाउनपाउने व्यवस्था गर्नुपर्ने आवाज उठाउँदै आएका थिए।

आगामी जनवरी ५ माहालको नेपाल–भारत पारबहन सन्धि स्वतःनवीकरण भएपछि नेपाली व्यवसायीले उक्त नाका प्रयोग गर्न पाउनेछन्।सन्धिको म्याद सकिने तिथि नजिकिँदै गर्दा सोको पुनरावलोकनका लागि मंगलबार र बुधबार काठमाडौंमा सहसचिवस्तरीय बैठक सम्पन्न भएको हो।

बैठकले हालसम्मका पारबहन सन्धि, सोको प्रोटोकल र समझदारीलाई संशोधनगर्न विभिन्न चरणमा आदानप्रदानभएको लेटर अफएक्सचेन्जहरुलाई एकीकृत गरी पारवहन सन्धि, सोको प्रोटोकल र समझदारीका सम्बन्धित व्यवस्थाहरुमा समावेश गरी नेपाल–भारत पारवहन सन्धि र सोकोप्रोटोकलको नयाँ मस्यौदा तयार पारेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
नेपाल र भारतका प्रधानमन्त्री स्तरबाट भएको निर्देशनअनुसार नेपालको पारबहनका लागि आन्तरिक जलमार्ग उपयोग गर्न नेपाल–भारत पारबहन सन्धिको प्रोटोकलमा जलमार्ग एवंबहुविधिक ढुवानी रुटहरु, ढुवानीका प्रक्रियाहरु र व्यवस्थाहरु, भन्सार सहजीकरण र नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालनका व्यवस्थाहरु नेपाल–भारत पारबहन सन्धिको प्रोटोकलको मस्यौदामा समावेश गर्ने सहमति पनि भएको छ।

मुलुकको पारबहन विविधीकरण गर्न भारतका थप दुई बन्दरगाह––धासा र मुन्द्रा नेपालका लागि खुला गर्न राखिएको प्रस्तावमा छलफल भईभारतका तर्फबाट दुवै पोर्ट खुला गर्न आन्तरिक छलफल भइरहेको र यस सम्बन्धमा भारतीयपक्षले यथाशीघ्र राय सुझाव पठाउने सहमति भएको मन्त्रालयले जनाएको छ।

तेस्रो मुलुकसँग भारतीय भूमिहुँदै आवत जावतगर्ने कार्गो कन्टेनरमा विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली लागू गरी ट्रान्सिपमेन्ट प्रक्रियालागू गर्न नेपालले प्रस्ताव गरेको लेटर अफएक्सचेन्जकोमस्यौदामा पनिछलफल छ। नेपालको तर्फबाट प्रस्तावित मस्यौदामा भारतीयपक्षले आन्तरिकछलफल गरी यथाशीघ्र धारणा पठाउने सहमतिभएको छ।

विद्यमान नेपाल–भारत पारबहन सन्धिको म्याद सन् २०२० जनवरी ५ देखि लागू हुने गरीस्वतःनवीकरण हुने भएको छ।बैठकमा दुवैमुलुकले आन्तरिक प्रक्रिया पूरा गरी अन्तिम रुप दिइएको पारवहन सन्धि र सोकोप्रोटोकलमादुवै पक्षबाट यथाशीघ्र हस्ताक्षर गर्ने सहमतिभएको छ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वउद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयका सहसचिवनवराज ढकाल र भारतीय टोलीको नेतृत्वत्यहाँको वाणिज्यतथाउद्योग मन्त्रालयका अतिरिक्त सचिवभुपिन्द्र यसभल्लाले गरेका थिए।

प्रकाशित: १२ मंसिर २०७६ ०२:०९ बिहीबार

नेपाली_व्यवसायी बल्क