अर्थ

गाउँपालिकाद्वारा गहुँको बिउ वितरण

भैरहवा– रोहिणी गाउँपालिकाले स्थानीय कृषकलाई अनुदानमा गहुँको बिउ वितरण गरेको छ।

कृषि शाखा मार्फत  गाउँपालिका भित्रका कृषकलाई विउ वितरण गरिएको हो। वितरण गरिएको बिउमा ५० प्रतिशत अनुदान रहेको छ।

गाउँपालिकाले एनएल ९७१, अदित्य, भृकुटि लगायत जातका बिउ वितरण गरेको हो। गाउँपालिका अध्यक्ष सनोजकुमार यादवका अनुसार बिउ वितरणका लागि १० लाख बजेट विनियोजन गरिएको छ। 

गाउपालिकाले आगामी बर्ष देखी बजेट बढाएर बढी बिउ वितरण गर्ने योजना बनाएको छ। ‘अहिले पनि यो बिउ पर्याप्त हैन तर कृषकलाई थोरै भए पनि राहत दिने उद्देश्यले वितरण गरेका छौं’ अध्यक्ष यादवले भने, ‘आगामी वर्ष देखी बजेट बढाएर अलि धेरै वितरण गर्ने तयारी गर्दैछौ।’

 

प्रकाशित: ९ मंसिर २०७६ ०९:०८ सोमबार

गहुँ वितरण अनुदान