अर्थ

एयर ट्राफिक कन्ट्रोलर सम्मेलन सुरु

 काठमाडौं– एयर ट्राफिक कन्ट्रोलर सम्बन्धी ३६ औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन राजधानी काठमाडौंमा सुरु भएको छ।

सम्मेलनमा इन्टरनेशनल फेडेरेशन अफ एयर ट्राफिक कन्ट्रोलर एशोसिएसनमा आवद्ध एसिया प्यासिफिक क्षेत्रका १९ मुलुकका प्रतिनिधिहरु सहभागी छन्।

विहीबार राजधानीमा सुरु भएको सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दे नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सुरक्षित एयर ट्राफिक कन्ट्रोलको चुनौति बढ्दै गएको बताए। उनले नीति र प्रविधि राम्रो भएमा एयर ट्राफिक कन्ट्रोल प्रणाली पनि सुदृढ हुने बताए। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले सुरक्षित र भरपर्दो एयर ट्राफिक कन्ट्रोल निर्माण गर्ने बताए। उनले उक्त संरचनाको विकास, कन्ट्रोलर क्षमता र गुणस्तरीय व्यवस्थापनका लागि सरकार सधै तयार रहेको जानकारी दिए।

सम्मेलनमा उड्डयन क्षेत्रका चुनौति र अवसरहरु, समानता, विधिकरण र नैतिकता, विकसित एयर ट्राफिक व्यवस्थापन, सूचना र सुरक्षा लगायत विभिन्न पाँचवटा एजेण्डामाथि छलफल हुनेछ। सम्मेलन शनिबार सम्म चल्नेछ ।

 

प्रकाशित: ५ मंसिर २०७६ ०८:४९ बिहीबार

एयर_ट्राफिक_कन्ट्रोलर एसिया_प्यासिफिक