अर्थ

कर सप्ताह सुरु

खोटाङ – खोटाङमा विभिन्न कार्यक्रम गर्दै कर सप्ताह मनाउन सुरु गरिएको छ। आइतबार प्रभातफेरी गर्दै सुरु गरिएको आठौं कर दिवस विभिन्न कार्यक्रम गर्दै आगामी मंसिर ७ गतेसम्म मनाइने करदाता सेवा कार्यालय दिक्तेलका कर अधिकृत गोपाल राईले बताए।

कर सप्ताहका अवसरमा मंसिर २ मा करदाता सेवा कार्यालय आउने करदातालाई सम्मान तथा सत्कार गर्ने, मंसिर ३ गते कार्यालय परिषरमा वृक्षरोपण तथा गार्डेनिङ, कात्तिक ४ गते सरकारी कार्यालयका लेखा समूहका कर्मचारीसँग इ–टिडिएस सम्वन्धी करदाता शिक्षा तथा अन्तरक्रिया सञ्चालन गरिने भएको छ।

त्यस्तै कात्तिक ५ गते उद्योग वाणिज्य संघ, लेखा व्यवसायी संघ तथा कार्यालयबीच मैत्रीपूर्ण ब्याडमिन्टन खेल, मंसिर ६ गते निजी क्षेत्र तथा सरोकारवालासँग करसम्बन्धी कानुनमा भएका व्यवस्था र सो को कार्यान्वयन सम्वन्धमा छलफल तथा अन्तरक्रीया कार्यक्रम गर्ने र मंसिर ७ गते पुरस्कार तथा सम्मान–पत्र वितरण गर्दै कर सप्ताह समापन गरिने छ।

प्रकाशित: २ मंसिर २०७६ ०२:५४ सोमबार

कर_सप्ताह