अर्थ

कौसी खेती तालिम सुरु

भक्तपुर – भक्तपुर नगरपालिका वडा नं. १ द्वारा गठित कृषि समितिको आयोजनामा तीनदिने कौसी खेती तालिम आइतबारदेखि सुरु भएको छ। कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कम जग्गामा बढी उत्पादन गर्ने विभिन्न प्रविधिको विकास भइसकेको उदाहरण दिँदै कौसी खेतीको महत्वबारे चर्चा गरे।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नगरपालिकाले सञ्चालन गरिरहेको विभिन्न तालिमबारे जानकारी गराए। भक्तपुर नपाद्वारा गठित कृषि समितिका संयोजक राजकृष्ण गोराले स्वस्थ र सार्थक जीवन बाँच्न स्वास्थ्यवद्र्धक खानपिनमा जोड दिनुपर्ने बताए। उनले बाँझो जग्गा सदुपयोगको निम्ती कौसी खेती तालिमले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे। कौसी खेती तालिमका प्रशिक्षक सबिन ख्याजुले कृषकलाई विषादी प्रयोग नगर्न उत्साहित गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित: १० कार्तिक २०७६ ०३:२३ आइतबार

कौसी_खेती