अर्थ

स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे बाइस प्रतिशत नगद लाभांश दिने

काठमाडौं- स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयर धनीलाई २२ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर २२ रुपैयाँ ५० पैसाका दरले नगद लाभांश दिने गरी प्रस्ताव गरेको हो। बैंकको उक्त प्रस्तावसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ।

उक्त प्रस्ताव बैंकको वार्षिक साधारणसभा र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिनेछ। बैंकको कूल चुक्ता पूँजी आठ अर्ब एक करोड रुपैयाँ छ। बैंकले आव २०७५/७६ मा कूल एक अर्ब ८० करोड रुपैयाँ वितरणयोग्य मुनाफा गरेको थियो। रासस

प्रकाशित: ४ कार्तिक २०७६ १२:०५ सोमबार

स्ट्याण्डर्ड चार्टर्ड नगद लाभांश