अर्थ

पर्वमा पनि चिनी कम बिक्री

काठमाडौं - चिनीको बढीमागहुने चाडपर्वको समयमापनि सोचे जस्तो चिनीबिक्रीनभएको उद्योगीले गुनासो गरेका छन्। विगतमाउद्योगीले चिनीको अभाव देखाएर कालोबजारी गर्न खोजेको आरोप लाग्ने गरेकोमा यसपटक उनीहरु आफैंचिनीपर्याप्त रहेको र बिक्रीहुननसकेको बताइरहेका छन्। उनीहरुले गतभदौयता ३० हजार मेट्रिक टन मात्रचिनीबिक्रीबताएका छन्।

आफूहरुले तस्करीको चिनीसँगप्रतिस्पर्धा गर्न परिरहेको उनीहरुको तर्क छ। ‘उद्योगीको चिनीअहिले पनिगोदाममाथन्किएको छ, बजारमा तस्करी गरी ल्याइएको चिनी छ,’नेपालचिनीउत्पादकसंघका अध्यक्षशशिकान्तअग्रवालले भने, ‘पर्वको बीचको दुई महिनामापनि ३० हजार मेट्रिक टनमात्र चिनीबिक्री भएपछि हामीले के बुझ्ने ?’ अध्यक्षअग्रवालकाअनुसार गतभदौमाउद्योगीसँग७० हजार मेट्रिक टन चिनीथियो। असोज मसान्तमा ४० हजार मेट्रिक टनभन्दा बढी मौज्दात छ।

उद्योगीको मागलाई ध्यानमा राखी सरकारले गतवर्ष कोटा निर्धारण गरी ९४ हजार नौ सय मेट्रिक टन चिनीआयातगर्न सक्ने गरीआयातमा परिमाणात्मक बन्देज गरेको थियो। बन्देजको समय गतअसारमासकिएर फुकुवाभएपनिचिनीआयातमालगाइएको ४० प्रतिशतभन्सार शुल्ककाकारण व्यवसायीले चिनीआयातगर्न आँट नगरेको पाइएको छ। भन्सार विभागको तथ्यांक हेर्दा पनिसाउनयताचिनीआयातभएको देखिँदैन।

सरकारले सञ्चालनमाल्याएको सहुलियतमूल्यपसलमाचिनीको बिक्रीको अवस्थातुलनात्मक रुपमाकम देखिएको छ। उपत्यका र बाहिरकाविभिन्न स्थानमासहुलियतमूल्यपसल सञ्चालनगरिरहेको साल्ट ट्रेडिङकर्पोरेसनले भदौ २३ यतातीन सय ७० मेट्रिक टन मात्रबिक्री गरेको देखाएको छ।

‘विगतकावर्षको तुलनामाकमहो, तर उपभोक्ताले सहुलियतमूल्य पसलबाटै किन्नुपर्छ भन्ने छैन,’साल्ट ट्रेडिङका व्यापार विभागप्रमुखपंकजजोशीले भने, ‘हाम्रो मुख्य उद्देश्यभनेको बजारको मूल्य नियन्त्रण गर्नु हो परिणामले खासै अर्थ राख्दैन।,’

उनले यो अनुपात हेर्दा बाँकी समयको लागि सहुलियतमूल्यपसललाई चाहिने चिनीपनिअहिले कै मौज्दातलेपुग्ने बताए। उनले भने, ‘हामीले उपभोक्तालाई मागे जतिनदिएर प्रतिव्यक्ति ६ किलोका दरले उपलब्ध गराएका छौं, यसले पनिकमबिक्री देखाएको छ।’

तथ्यांक हेर्दा मुलुकमा सामान्यसमयमामासिक१५ देखि २० हजार टन र दसैं–तिहार, छठ लगायतपर्वमा ३० हजार मेट्रिक टनका दरलेचिनीआवश्यक पर्ने देखिन्छ।

भन्सारमाआयातपनिनदेखिने, सरकारी चिनीपनिकमबिक्रीहुने र उद्योगीको चिनीपनिकमबिक्रीहुनुले उद्योगीले गुनासो गरे जस्तै चिनी तस्करी बढेको अनुमानगर्न सकिन्छ।वाणिज्य, आपूर्ति तथाउपभोक्ता संरक्षण विभागकामहानिर्देशक योगेन्द्र गौचनभने तस्करीको कारणले उद्योगीको चिनीबिक्रीकमभएको मान्नतयार छैनन्।

उनले भने, ‘भाटभटेनी जस्ता ठूला व्यवसायीसँगचिनीमौज्दातथियो। सीमाखुला छ,उपभोक्ताले वैधानिक रुपमै घरायसीप्रयोजनकालागि सीमापारि गएर चिनीखरिद गरेकाहुनसक्छन्।’उनले अस्वीकार गरे पनि सीमाजोडिएका तराईकाजिल्ला र आसपासका पहाडी जिल्लामा समेत भारतीयचिनीबिक्रीभएको देख्न सकिन्छ।

भारतीयबजारमाअहिले प्रतिकिलो ३५ देखि ४० भारुमाचिनीपाइने त्यस क्षेत्रकाउपभोक्ता बताउँछन्। चिनीउत्पादक संघका अध्यक्षअग्रवाल सरकार तस्करी रोक्नतर्फ नलागेर उद्योगीसँगचिनीहुँदाहुँदै आयातगर्न दिएको बताउँछन्।उनी भन्छन्, ‘हामी छठपछि नयाँउत्पादनबजारमा पठाउँछौं, त्यसयतालाई अहिलेकै मौज्दातले पुग्छ।’

सरकारले चाडपर्वलाई लक्ष्य गरी ५० प्रतिशतभन्सार छुटमा २० हजार मेट्रिक टन चिनीआयातगर्ने योजनाबनाएको छ। तर आयातगरिसकेको छैन।‘साल्ट ट्रेडिङ कर्पोरेसनले भर्खर खरिद प्रक्रिया अघि बढाएको छ। तर खाद्यले प्रक्रियासुरु गरेको छैन,’खाद्यव्यावस्थातथाव्यापार कम्पनीकामहाप्रबन्धक समेत रहेका योगेन्द्र गौचनले भने, ‘तिहारमाचिनीआयातहुने सम्भावना छैन।’

उनले उद्योगीकै सल्लाहमा यो निर्णय भएको दाबी गरे। उनी भन्छन्, ‘उहाँहरुले १० देखि १५ हजार टन बफर स्टकको रुपमाखरिद गर्न भन्नुभएको थियो, हामी २० हजार टनखरिद गर्ने निर्णय ग¥यौं।उद्योगीको चिनीको सन्दर्भमा छलफल गरेर अघि बढ्छौं।’
 

प्रकाशित: ३ कार्तिक २०७६ ०१:२० आइतबार

चिनी