अर्थ

१५ दिनमा तीन लाख पाँच हजार राजस्व

रसुवा – जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले १५ दिनमा तीन लाख पाँच हजार राजस्व संकलन गरेको छ। दसैंको समयमा कारबाहीमा परेका सवारीसाधनबाट उक्त राजस्व संकलन भएको हो।

घटस्थापनादेखि पूर्णिमासम्म पाँच सय सवारीसाधन कारबाहीमा परेका छन्। जसमा तीन सय पाँच ट्रक, सयवटा कार तथा जिप, ८० वटा मोटरसाइकल र १५ वटा बस परेका छन्। ओभर लोड बोक्ने, कागजपत्र नबोक्ने, प्रयोजनविपरीत सञ्चालन गर्ने, सवारी चालक अनुमति पत्र नभएको र कागजपत्र प्रष्ट नभएका सवारी साधन कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका अर्जुन न्यौपानेले बताए।

प्रहरीको कारबाहीमा पर्ने डरले हेलमेट लगाउनेको संख्या भने बढ्दै गएको छ। पछिल्लो समय हेलमेट नलगाई मोटरसाइकल चलाउनेको दर न्यून रहेको उनको भनाइ छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाउने बढी कारबाहीमा पर्ने गरेका थिए। प्रहरीको पहुँच नभएको क्षेत्रमा हेलमेट नलगाई मोटरसाइकल चलाउने हुन सक्ने भए पनि प्रहरीको उपस्थिति रहेको क्षेत्रमा नभएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० आश्विन २०७६ ०३:११ बिहीबार

राजस्व